काठमाडौँ ।
नेकपा एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर झण्डोत्तोलन तथा बत्ती बाल्दै महाधिवेशनको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा एमालेका नेता–कार्यकर्तासहित विभिन्न राजनीतिक दलका नेताहरु अतिथिका रूपमा सहभागी भएका छन् । सल्लाघारीस्थित तीनकुने मैदानमा सहभागीहरुको बाक्लो उपस्थिति देखिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ । एमालेले यसपटक महाधिवेशन डिजिटल प्रविधिको प्रयोगमार्फत उद्घाटन गरेको हो ।











प्रतिक्रिया