स्वदेशी बजार २०२५ सुरु, ४० भन्दा बढी स्वदेशी स्टल


काठमाडौं । 

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्वदेशी बजार २०२५’ प्रदर्शनी ललितपुरस्थित अन्तर्राष्ट्रिय क्लबमा शनिबार सुरु भएको छ।

एकदिने प्रदर्शनीमा साना, मझौला तथा घरेलु उद्योगका ४० भन्दा बढी स्टल राखिएका छन्। प्रदर्शनीमा कृषि तथा एग्रो–प्रविधि, खाद्य तथा प्रशोधित सामग्री, वस्त्र, हस्तकला, आयुर्वेदिक तथा स्वास्थ्यसम्बन्धी उत्पादन, सजावट सामग्री, चिया तथा पेय पदार्थलगायत विभिन्न स्वदेशी उद्योगको सहभागिता रहेको छ।