काठमाडौ ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले मुलुकलाई द्रुतगतिमा विकासको बाटोमा अघि बढाउन युवा नेतृत्व आवश्यक रहेको बताउनुभएको छ।
शनिबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आगामी निर्वाचनपछि देशमा युवा नेतृत्व आउनुपर्ने र त्यसले मात्रै विकासलाई गति दिन सक्ने जिकिर गर्नुभयो।
मन्त्री घिसिङले आगामी निर्वाचनपछि बन्ने सरकारले देशलाई सही दिशामा अघि बढाउनुपर्ने उल्लेख गर्दै सोही सोचअनुसार युवा नेतृत्व चयन गर्न सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
साथै उहाँले पूर्वाधार विकासलाई तीव्रता दिन निजी क्षेत्रको लगानी अपरिहार्य भएकाले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्न ढिलाइ गर्न नहुने धारणा व्यक्त गर्नुभयो।











प्रतिक्रिया