एमआरआरद्वारा ‘वाक फर नेशन’ वाकथन सम्पन्न


काठमाडौं । 

नेपालको चर्चित फेसबुक समूह मेन्स रुम रिलोडेड (एमआरआर) ले राष्ट्रिय जागरणको सन्देश बोकेको वाकथन कार्यक्रम आयोजना गरेको छ। शनिबार बिहान काठमाडौंको बिजुलीबजारदेखि माइतीघर मण्डलासम्म आयोजित वाकथनमा सहभागीहरूले “वाक फर नेशन, वेक फर नेशन” नारा दिएका थिए।

कार्यक्रममार्फत राष्ट्रप्रेम, एकता र नागरिक जागरणको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको एमआरआरले अबको जवाफ मतबाट, हाम्रो एक भोट भविष्य निर्धारण गर्ने आधार, भोट हाल्न गइएन भने मात्रै भोट खेर जान्छजस्ता सन्देशमूलक प्लेकार्ड बोकेको थियो।

एमआरआर नेपालकाे एक सक्रिय स्वयंसेवी समूह हो, जसले विगतदेखि नै विभिन्न सामाजिक तथा जनचेतनामूलक गतिविधिहरू गर्दै आएको छ।