काठमाडौँ ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्षले सहमति विपरीत एकपक्षीय रूपमा प्रतिनिधि मनोनयन गरेको भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आपत्ति जनाएको छ। शुक्रबारको सचिवालय बैठकमा ६०–४० को अनुपातमा प्रतिनिधि मनोनयन गर्ने सहमति भए पनि त्यसको पालना नभएको पोखरेल समूहको आरोप छ।
पोखरेल समूहका अनुसार एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनित १०८ जना प्रतिनिधिको टुङ्गो अध्यक्ष र वरिष्ठ उपाध्यक्ष मिलेर लगाउने सहमति भएको थियो। तर सहमति विपरीत एकलौटी रूपमा सूची सार्वजनिक गरिएपछि नेताहरूले गम्भीर असहमति जनाएका छन्।












प्रतिक्रिया