काठमाडौं ।
नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल भक्तपुरमा चहलपहल बढेको छ। महाधिवेशनको उद्घाटन सत्र शनिबार दिउँसो आयोजना हुँदैछ भने बन्द सत्र काठमाडौंमा गर्ने तयारी गरिएको छ। पार्टीले उद्घाटन सत्रमा करिब ३ लाख सहभागी जुट्ने दाबी गरेको छ।
देशभरबाट नेता, कार्यकर्ता र शुभचिन्तकहरू भक्तपुरतर्फ आउने क्रम जारी छ। गठ्ठाघर र जगातीबाट ठूला ¥यालीसहित सहभागीहरू उद्घाटन स्थलतर्फ गइरहेका छन्। महाधिवेशनका लागि स्थलमा मल्ल शैलीको भव्य मञ्च निर्माण गरिएको छ।











प्रतिक्रिया