स्वदेशी बजार २०२५’ हुँदै


काठमाडौं ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसंघको सहकार्यमा सञ्चालित मेक इन नेपाल,स्वदेशी अभियानले उद्योग विभागको सहयोग एवं समन्वयमा स्वदेशी बजार २०२५ आयोजना गर्दै छ । मंसिर २७ गते ललितपुरमा सञ्चालन हुने सो एकदिने प्रदर्शनीले “नेपालमै बनेका उत्पादन–नेपालकै पहिचान” भन्ने अवधारणामा गुणस्तरीय नेपाली उत्पादनको प्रवद्र्धन, स्वदेशी उद्योग तथा उद्यमहरूको क्षमता अभिवृद्धि र घरेलु उत्पादकहरूलाई बजार पहुँचमा सहयोग पु¥याउने उद्देश्य लिएको छ ।

साना, मझौला तथा घरेलु उद्योगहरूको प्रवद्र्धनका लागि निःशुल्क स्टल सुविधा र सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा तीन हजारभन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ ।

प्रदर्शनीमा कृषि तथा एग्रो–प्रविधि, खाद्य तथा प्रशोधित उत्पादन, वस्त्र तथा पहिरन, हस्तकला तथा कला उद्योग, आयुर्वेदिक तथा स्वास्थ्य सेवासम्बन्धी उत्पादन, सजावट सामग्री, चिया तथा पेय पदार्थ र अन्य उत्पादन निर्माणसम्बन्धी उद्योगसहित करिब ४०–५० उद्योग तथा उद्यम सहभागी हुने छन् ।

यसमार्फत सहभागी उद्योगहरूलाई आफ्ना उत्पादन तथा सेवाहरू सार्वजनिक रूपमा प्रदर्शन गर्ने, उपभोक्तासँग प्रत्यक्ष रूपमा संवाद एवं अन्तरक्रिया गर्ने तथा सम्भावित खरिदकर्ता, वितरक, व्यावसायिक साझेदार र सरोकारवालाहरूसँग नेटवर्क विस्तारका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।