‘काशी’ बनारस: इतिहास, किंवदन्ती र प्रकाशको सहर

0
Shares

वाराणसी, जसलाई काशी वा बनारस पनि भनिन्छ । हिन्दु धर्मका लागि सदियौंदेखि एक अत्यन्त पवित्र तीर्थस्थलको रूपमा स्थापित छ । यो सहर विश्वका सबैभन्दा पुराना सहरहरूमध्ये एक मानिन्छ र यसको इतिहासलाई लगभग १० हजार वर्ष पुरानो मानिन्छ । काशीको धार्मिक महत्व प्राचीन हिन्दु ग्रन्थहरू जस्तै वेद, पुराण र महाभारतमा विस्तारपूर्वक उल्लेख गरिएको छ । किंवदन्तीअनुसार, भगवान्् शिव र पार्वतीले यो सहरमा आफ्ना पदचिह्न छोडेपछि काशीलाई ‘भगवान् शिवको नगरी’ को रूपमा पूजा गर्न थालिएको हो । त्यसैले, काशी हिन्दु धर्मावलम्बीहरूको लागि केवल एक तीर्थस्थल मात्र होइन, एक दिव्य नगरी पनि मानिन्छ ।

प्राचीन हिन्दु धार्मिक घटनाहरूसँगको सम्बन्धले मात्र होइन, वाराणसीको ऐतिहासिक पृष्ठभूमि पनि अत्यन्त समृद्ध छ । १६औं शताब्दीमा मुगल सम्राट अकबरको शासनकालमा यहाँ सांस्कृतिक पुनर्जागरणको लहर उठेको थियो र शिव तथा विष्णुलाई समर्पित मन्दिरहरूको निर्माण भएको थियो । यद्यपि, बनारसको समृद्धि र सांस्कृतिक महत्व १८औं शताब्दीमा मराठा र ब्राह्मण राजाहरूको शासनमा समेत कायम रह्यो । सन १७३७ मा मुगलले वाराणसीलाई आधिकारिक नगरको रूपमा मान्यता दिएका थिए । सन १९४७ मा भारतको स्वतन्त्रतापछि १९४९ मा यो उत्तर प्रदेश राज्यमा समावेश गरियो ।

काशीको नामको अर्थ ‘प्रकाशमय’ वा ‘चमकदार’ नगर हो, जुन शब्द ‘काश’ (चमक) बाट आएको हो । गंगा नदीको किनारमा अवस्थित यस सहरलाई हिन्दु धर्मका अनुयायीहरूको लागि एक प्रमुख तीर्थस्थल मात्र नभई संगीत, कला, साहित्य र संस्कृतिको केन्द्रको रूपमा पनि सम्मानित छ । अमेरिकी साहित्यकार मार्क ट्वेनले यस सहरको विशिष्टताको वर्णन गर्दै भनेका छन्, “बनारस इतिहास भन्दा पुरानो छ, परम्पराभन्दा पुरानो छ, किंवदन्तीभन्दा पनि पुरानो छ, र ती सबैलाई मिलाएर हेर्दा, यो दोब्बर पुरानो देखिन्छ ।” यस उक्तिमार्फत उनले बनारसको अद्वितीयता र महत्वलाई उजागर गरेका छन् ।

नेपाल र बनारसबीचको सांस्कृतिक सम्बन्ध

वाराणसी र नेपालबीचको सांस्कृतिक र धार्मिक सम्बन्ध एक ऐतिहासिक गहिराइमा फैलिएको छ । काशीको पवित्रता र धार्मिक महत्व नेपालका लागि विशेष छ । त्यहाँको प्रसिद्ध पशुपति मन्दिरमा नेपालका पुजारी कार्यरत छन् र १८औं शताब्दीमा नेपालका राजा रणबहादुर शाहले काशीको ललिताघाटमा पशुपतिनाथ मन्दिर निर्माण गर्ने प्रयास गरेका थिए । यद्यपि, यो निर्माण अधुरो रह्यो र उनका छोरा गीर्वाणयुद्ध विक्रम शाहले यसलाई पुनर्निर्माण गरे । वाराणसीका घाटहरू जस्तै दशाश्वमेध, मणिकर्णिका र अश्सी घाट, धार्मिक दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण छन् । जहाँ मृत्युलाई ‘मोक्ष प्राप्तिको यात्रा’ को रूपमा मानिन्छ । यी घाटहरू प्रायः १७औं शताब्दीदेखि १९औं शताब्दीमा निर्माण भएका हुन् र हरेक वर्ष नेपालबाट हजारौं तीर्थयात्रीहरू यहाँ दर्शन गर्न पुग्छन् । त्यहाँको धार्मिक जीवन र संस्कृति नेपाली समाजसँग गहिरो सम्बन्ध छ ।

सांस्कृतिक दृष्टिले पनि बनारसको प्रभाव नेपालमा प्रगाढ छ । सन् १९४३ मा नेपाली साहित्य र पत्रकारिताको ऐतिहासिक योगदानको रूपमा ‘गोरखा भारत जीवन’ नामक पत्रिका बनारसबाट प्रकाशित भएको थियो । यसले नेपाली साहित्यमा नयाँ दिशा प्रदान ग¥यो र नेपालको साहित्यिक संसारमा एउटा नयाँ अध्यायको शुभारम्भ गरेको थियो । बनारसको धार्मिक र सांस्कृतिक महत्व नेपालका लागि शताब्दीयौं पुराना सम्बन्धहरूको प्रतीक बनेको छ, जसले दुई राष्ट्रका बीचको सांस्कृतिक एकताको प्रतीक प्रस्तुत गर्दछ । यसरी, वाराणसी जो एक पवित्र तीर्थस्थलको रूपमा सम्मानित छ र नेपाल भारतका सांस्कृतिक र धार्मिक परम्पराको अविच्छिन्न हिस्सा बनिरहेको छ । यहाँका धार्मिक र सांस्कृतिक सम्पदाले दुई राष्ट्रका जनता एक आपसमा गहिरो रूपमा जोडिएको छ र यसले एक अनमोल सांस्कृतिक धरोहरको रूपमा आफ्नो स्थान बनाएको छ ।