काठमाडौँ ।
एमएडब्ल्यू राइड्स प्रालिमार्फत नेपालमा आधिकारिक रूपमा बिक्री वितरण हुँदै आएको यामाहा मोटरसाइकल तथा स्कुटरले देशभर एक हप्ता लामो सर्भिस अभियान ‘यामाहा ब्लू क्याम्प’ सुरु गरेको छ । मंसिर २१ देखि २७ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत देशभरका आधिकारिक यामाहा सर्भिस सेन्टरमा विशेष अफर, प्रिमियम सर्भिस तथा आकर्षक छुटको व्यवस्था गरिएको छ ।
ग्राहक सन्तुष्टि तथा नियमित मर्मत सम्भारलाई प्रवद्र्धन गर्ने उद्देश्यले थालिएको यस अभियानले यामाहा राइडरलाई ८ बजेदेखि ८ बजेसम्म सर्भिस सुविधा उपलब्ध गराइनेछ । ब्लू क्याम्प अवधिभर ग्राहकले निःशुल्क बाइक वाश, १५–प्वाइन्ट विस्तृत चेकअप, यामाल्युबमा छुट, स्पेयर पाट्र्स तथा लेबर चार्जमा आदिमा छुट दिइनेछ ।











प्रतिक्रिया