फिल्मसँग सम्बन्धी विधेयकको बारेमा १० संघसंस्थाले विभिन्न कलाकार र पेशाकर्मीका साथमा सम्बन्धित मन्त्रालयमा सुझाव पेश गरेका छन्।
कलाकार, निर्माता तथा नेपाल चलचित्र निर्माता संघका महासचिव खगेन्द्र लामिछानेको संयोजकवत्वको समितिद्वारा मंगलबार विशालनगरस्थित नेपाल चलचित्र संघमा भएको पत्रकार सम्मेलनमा सरोकारवाला मन्त्रालयमा विभिन्न विषय बुदागत रूपमा सुझाव पेश गरिएको जानकारी गराइएको हो।
लामिछानेका अनुसार राष्ट्रिय सभामा अघिल्लो सरकारले पेश गरेको विधेयकमा ५३ दफा थिए। ती दफामा राष्ट्रिय सभाका सांसदहरूले बु“दागत रूपमा १ सय ८९ ओटा संशोधन हालेका थिए। फिल्मकर्मीस“ग सिधै सरोकार राख्ने विविध विषय नसमेटिएकाले फिल्मकर्मी मिलेर समिति निर्माण गरी असहमत भएका विषयमा छलफल गरी कुल ५३ दफामा १ दफा थप गरी ९६ बु“दामा सुझाव पेश गरेको उनले जानकारी गराए। उनका अनुसार विभागीय मन्त्रालय, मन्त्री, राष्ट्रिय सभाको विधायन समितिका सभापतिस“गको छलफलमा मन्त्री, विधान समितिका सभापति तथा सदस्यहरू फिल्मकर्मीले पेश गरेका सुझावमा सकारात्मक छन्।
‘चलचित्र क्षेत्रको दीर्घकालीन उन्नयनका लागि पेश गरिएका सुझाव मनन गर्दै हाम्रा मागमा सम्बन्धित सबै सकारात्मक रही संशोधन प्रकृयामा जाने कुरामा विश्वस्त छौ“’ भेलापछि लामिछानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ। फिल्म विधेयक सुझाव समितिमा खगेन्द्र लामिछाने संयोजक छन् भने नवीन सुब्बा, दीपेन्द्र गौचन, राजकुमार पोखरेल, जनकदीप पराजुली, मनोज पण्डित, समीर बलामी र शान्ता नेपाली सदस्य रहेका छन्।
त्यसै गरी चलचित्र विधेयक सुझाव सल्लाहकार समितिमा फिल्म क्षेत्रस“ग सम्बन्धित संघसंस्थाका अध्यक्षहरूका साथमा नीर शाह, नकिम उद्दिन, दयाराम दाहाल, कृष्ण मल्ल, अशोक शर्मा, प्रदीप उदय, भाष्कर ढुङ्गाना, राजकुमार राई, अमृत सुनुवार, सुवर्ण थापा, दीपेन्द्र के. खनाल, रामकृष्ण पोखरेल, दीपकराज गिरी, ऋषी लामिछाने, निश्चल बस्नेत र रौनक विक्रम कँडेल रहेका छन्।











प्रतिक्रिया