बाआमाले घर बनाए छोराछोरीले पासपोर्ट


आगामी माघ १६ गतेलाई रिलिज डेट घोषणा गर्दै फिल्म आबाट आमाको २ पोस्टर सार्वजनिक गरिएको छ। फिल्मको कथावस्तु झल्काउने २ पोस्टर सार्वजनिक गरिएको हो।


‘बाआमाले पसिनाले घर बनाउनुभयो, हामीले रहर र बाध्यतामा पासपोर्ट बनाउनु प¥यो’ भन्ने श्लोगन राखिएको फिल्मका यी शब्दले आबाट आमाले आमाबुबाप्रति छोराछोरीबीचको कथालाई प्रस्तुत गर्ने प्रष्ट्याएको छ। फिल्मको एउटा पोस्टरमा पल शाह, विपना थापा, प्रदीप रावत, सिम्रन पन्त खुसी मुद्रामा देखिएका छन् भने साइग्रेस पोखरेल पनि खुसी मुद्रामा देखिन्छन्। अर्को पोस्टरमा भने सबै भावुक छन्। श्रीमान् श्रीमतीको भूमिकामा रहेका विपना र प्रदीप अ“गालोमा बेरिएर रोइरहेका छन् भने छोराको भूमिकामा रहेका पल शाह रगताम्य अवस्थामा प्रस्तुत गरिएका छन्।

ग्रामीण परिवेशमा आधारित फिल्म आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर चन्द्र पन्तले निर्देशन गरेका छन्। निर्देशक पन्तकै लेखन र पटकथा रहेको फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित विष्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलीप उखेडा, रचना गौतमलगायतका कलाकारले अभिनय गरेका छन्।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा आर्या पन्तद्वारा प्रस्तुत तथा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कु“वर र क्षितिज ढुङ्गानाद्वारा निर्मित फिल्ममा कोशिश क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत तथा नवराज उप्रेतीको छाया“कन रहेको छ। हिमारु इन्टरटेन्मेन्ट प्रालिले अस्ट्रेलिया र न्युजिल्याण्डका लागि प्रदर्शन अधिकार लिएको फिल्ममा करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्।