काठमाडौँ।
कर्णाली जेनजीले महान्यायाधिवक्ता र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवको राजीनामा मागेको छ । उक्त समूहले आज सिंहदरबारस्थित प्रधानमन्त्रीको सचिवालयलाई छुट्टाछुट्टै पत्र बुझाउँदै दुवै जनाको राजीनामा मागेको हो ।
यो समूहमा हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङकै ‘द काउन्सिल अफ जेनजी’ को कर्णाली प्रदेश संयोजक सुप्रिया राज्यलक्ष्मी शाही पनि छन् ।
यो समूहले सोमबार प्रधानमन्त्रीलाई भेट्न समय नपाएको भन्दै प्रधानमन्त्री कार्यालयमा होहल्ला भएको थियो । त्यसपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको थियो । उनीहरूलाई सचिवालयले आज ४ बजेको समय दिएको थियो । तर, प्रधानमन्त्रीसँग भेट नभएपछि उनीहरूले सचिवलायलाइ पत्र बुझाएका हुन ।











प्रतिक्रिया