फिफा विश्वकपका लागि ३१ टोली छनोट


अमेरिका, मेक्सिको र क्यानडाद्वारा संयुक्त रुपमा आयोजना हुने फिफा विश्वकपमा अहिलेसम्म ३१ टोली छनोट भइसकेको छ । सन् २०२६ मा हुने सो विश्वकपमा कूल ४८ राष्ट्रले सहभागिता जनाउने भएकोले अझै १७ टोली छनोट हुन बाँकी छ ।
छनोट भएका टोलीहरू:

युरोप

छनोट हुने टोलीसंख्याः १६

छनोट भएका टोलीहरूः क्रोएसिया, फ्रान्स र इंग्ल्यान्ड

प्रक्रियाः टोलीहरूलाई १२ समूहमा विभाजित गरिएको छ । समूह विजेता १२ टोलीहरू सीधै विश्वकपमा छनोट हुने र अन्य ४ टोली प्लेअफबाट छनोट हुने प्रावधान रहेको छ । यसअनुसार अरु ९ टोली सीधै छनोट हुन बाँकी छ ।

दक्षिण अमेरिका

छनोट हुने टोलीसंख्याः ६

छनोट भएका सबै टोलीहरूः अर्जेन्टिना, ब्राजिल, उरुग्वे, पाराग्वे, कोलम्बिया र इक्वेडर ।

प्रक्रियाः १० टोलीहरूलाई एउटै समूहमा राखेर खेलाउने प्रावधान रहेको छ । जसमा शीर्ष ६ टोली सीधै विश्वकपमा छनोट हुन्छन् भन सातौं स्थानमा रहेको टोलीले प्लेअफ खेल्न पाउनेछ । यसअनुसार बोलिभियाले प्लेअफ खेल्नेछ ।

एसिया

छनोट हुने टोलीसंख्या : ८

छनोट भएका सबै टोलीहरूः अस्टे«लिया, इरान, जापान, जोर्डान, कतार, साउदी अरेबिया, साउथ कोरिया, उज्बेकिस्तान ।

अफ्रिका

छनोट हुने टोलीसंख्याः ९

छनोट भएका सबै टोलीहरूः अल्जेरिया, केप भर्डे, इजिप्ट, घाना, आईभोरी कोस्ट, मोरोक्को, सेनेगल, साउथ अफ्रिका र ट्युनिसिया ।

नर्थ, सेन्ट्रल अमेरिकन एण्ड क्यारिबियन

छनोट हुने टोलीसंख्याः ६

छनोट भएका टोलीहरूः अमेरिका, मेक्सिको र अमेरिका ।

ओसेनिया

छनोट हुने टोलीसंख्याः १

छनोट भएको टोली : न्युजिल्यान्ड