आईपीएलमा सर्वाधिक छक्का हान्ने ५ खेलाडी

1.5k
Shares

इन्डियन प्रिमियर लिग (आईपीएल) सर्वाधिक छक्का प्रहार गर्ने रेकर्ड वेस्ट इन्डिजका पूर्व खेलाडी क्रिस गेलको नाममा छ । गेलले १४१ इनिङबाट ३५७ छक्का प्रहार गरेका छन् । साथै उनले आईपीएलमा ४ हजार ९६५ रन बनाएका छन् ।

भारतीय खेलाडी रोहित शर्मा दोस्रो स्थानमा छन् । रोहितले आईपीएलमा २६७ इनिङ खेल्दै ३०२ छक्का प्रहार गरेका छन् । यस्तै, तेस्रो स्थानमा पनि भारतीय खेलाडी नै छन् । उनी हुन् विराट कोहली । विराटले आईपीएलमा २५९ खेल खेलेर २९१ छक्का प्रहार गरेका छन् ।

चौथो स्थानमा पनि भारतीय खेलाडीले ओगटेका छन् । जसमा महेन्द्रसिंह धोनी रहेका छन् । धोनीले आईपीएलमा २४२ खेल खेल्दै २६४ छक्का प्रहार गरेका छन् । पाँचौ स्थानमा भने दक्षिण अफ्रिकाका पूर्व खेलाडी एभी डिभिलियर्स रहेका छन् । डिभिलियर्सले १७० खेल खेल्दा २५१ छक्का प्रहार गरेका छन् ।