विश्व फुटबलमा प्रतिष्ठित अवार्डको रूपमा रहेको बालोन डीअर यसपटक डेम्बेलेले जितेका छन् । यस्तै, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले सर्वाधिक अवार्ड जित्ने सूचीमा अगाडि छन् । अर्जेन्टिनाका स्टार खेलाडी मेसीले सर्वाधिक ८ पटक जित्दा रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् । यही अवार्ड जित्न नसकेका उत्कृष्ट खेलाडीहरू पनि छन् । जुन यहाँ प्रस्तुत गरिएको छ ।
डेनीस बर्गक्याम्प
डेनी बर्गक्याम्प नेदरल्यान्ड्सका प्रसिद्ध फुटबलरमध्ये एक हुन् । उनको जनेरेशनमा उनी महान खेलाडीमध्ये एक थिए पनि । आर्सेनलले सन् १९९५ मा इन्टर मिलानबाट उनलाई ७.५ मिलियन पाउन्डमा किन्दा ट्रान्सफर रेकर्ड ब्रेक भएको थियो ।
बर्गक्याम्पले ती लिग टाइटल जित्नुका साथै एफए कप पनि जितेका थिए । उनले फ्रान्स विश्वकप १९९८ मा अर्जेन्टिनाविरुद्ध गोल पनि गरेका थिए । जुन विश्वकपका महान गोलमध्य एक घोषित भएको थियो । तर, उन ि१९९२ को बालोन डीअरमा तेस्रो र १९९३ को बालोन डिओरमा दोस्रो स्थानमा रहे ।
नेयमार
सन् २०१७ मा बार्सिलोनाबाट पेरिस सेन्ट–जर्मेन (पीएसजी) मा ट्रान्सफर हुँदा नेयमार विश्वकै सबैभन्दा महँगा खेलाडी बने । यसका साथै ब्राजिली महान खेलाडी नेयमारको नाममा ४ सय भन्दा बढी सिनियर गोलको बलियो तथ्यांक पनि छ । त्यो बालोन डीओर जित्न पर्याप्त पनि भएन । उनको नाममा विश्वकप उपाधि नरहेकोले पनि उनी बालोन डीओरको विजेता हुन सकेनन् ।
रोबर्ट लेवान्डोस्की
रोबर्ट लेवान्डोस्की तीन फरक क्लबबाट १०० गोल गर्ने पाँच खेलाडीमध्ये एक हुन् । कोभिड महामारीका कारण २०२० को बालोन डी’ओर रद्द नभएको भए, पोल्याण्डका अन्तर्राष्ट्रिय खेलाडीले यो जित्न सक्थे भन्ने हरु पनि थिए । बायर्न म्युनिकबाट खेल्दा उनले धेरै ट्रफीहरू जितेका पनि थिए । हाल उनी बार्सिलोनबाट खेलिरहेका छन् । उनी २०२१ को बालोन डिओरमा दोस्रो भएका थिए । त्यस वर्ष मेसीले अवार्ड जितेका थिए ।
आन्द्रेस इनिस्टा
बार्सिलोनाको ला मासिया एकेडेमीबाट आएपछि, इनिस्टा क्लबको मिडफिल्डमा खेल्न थाले । १६ उत्कृष्ट वर्षमा ३२ ट्रफी जिते, जसमा नौ ला लिगा उपाधि र चार च्याम्पियन्स लिग समावेश छन् । अन्तर्राष्ट्रिय स्तरमा, इनिस्टाले स्पेनको लागि १३१ पटक क्याप गरे र १३ गोल गरे, जसमा २०१० को विश्वकप फाइनलमा नेदरल्याण्ड्स विरुद्धको विजेता पनि समावेश छ । उनले आफ्नो अन्तर्राष्ट्रिय करियर एक विश्वकप र दुई युरोपेली च्याम्पियनशिप जितेर समाप्त गरे। इनिएस्टा २०१० मा बालोन डी’ओर भोटमा दोस्रो स्थानमा रहे र दुई वर्ष पछि तेस्रो स्थानमा रहे, मेस्सीले दुवै वर्ष अवार्ड जितेका थिए ।
रायन गिग्स
वेल्शम्यान रायन गिग्स इंग्लिस फुटबल इतिहासका सबैभन्दा सम्मानित खेलाडी हुन्, जसले १३ प्रिमियर लिग उपाधि सहित ३४ ट्रफी जितेका छन् । अर्का ’क्लास अफ ९२’ ग्राजुएट गिग्सले आफ्नो सम्पूर्ण करियर म्यानचेस्टर युनाइटेडसँग बिताए । गिग्सले १३ लिग उपाधि, चार एफए कप, चार लीग कप र दुई च्याम्पियन्स लिग जितेका छन् । तर, उनले पनि बालोन डीओर जित्न सकेनन् ।
ह्यारी केन
केन एलन शियररपछि प्रिमियर लिगको दोस्रो सर्वाधिक गोलकर्ता बने । २०२३ मा बुन्डेसलिगाका दिग्गज बायर्न म्युनिखमा सामेल भएपछि, केनले रेकर्ड तोड्न समय खेर फालेनन् । ३२ वर्षीय खेलाडीले बायर्न म्युनिकसँग आबद्ध भएदेखि१०३ खेलमा ९८ गोल गरेका छन् । यदि इङ्गल्याण्डका कप्तानलाई कहिल्यै इङ्गल्याण्ड फर्कने प्रलोभन आयो भने एलन शियरर अलि चिन्तित हुन सक्छन् – २१३ गोलका साथ, केन शियररको प्रिमियर लिगको २६० को रेकर्डभन्दा धेरै पछाडि छैनन् । केनको करियर समाप्त हुनुभन्दा पहिले पनि बालोन डी’ओर जित्ने मौका छ ।











प्रतिक्रिया