भारतको वोमेन टिम पहिलो पटक वर्ल्ड च्याम्पियन

1.22k
Shares

आईसीसी वोमेन वान्डे वल्र्डकप क्रिकेट च्याम्पियनसिप शुरु भएको पनि २५ वर्ष भएको छ । सन् १९७३ देखि शुरु भएको यस वोमेन वल्र्डकप यो वर्षको समेत गरी १३ पटक संचालन भयो जसमा, भारतीय टिम पहिलो पटक च्याम्पियन बन्न सफल भयो ।

आइतबार भारतमै भएको फाइनल खेलमा घरेलु टिमले साउथ अफ्रिकालाई हराएर पहिलो पटक च्याम्पियन बन्ने सौभाग्य प्राप्त गरेको हो । साउथ अफ्रिकाको भने यो पहिलो वल्र्ड कप फाइनल हो । तर, च्याम्पियन बन्न भने सकेन ।
यस टिमको तुलनामा भारतले तीन पटक फाइनल खेल्यो र तेस्रो पटक बल्ल च्याम्पियन बन्न पायो । यसअघि भारत दुई पटक फाइनल पुग्दा पराजित भएको थियो ।

अस्टे«लिया ७ पटक च्याम्पियन

अस्टे«लियाले यस वल्र्ड कपमा निकै दबाव बनाएको छ । अस्टे«लिया सात पटक च्याम्पियन बनेको टिम हो । जसमा टिमले १९७८, १९८२ र १९८८ मा जितेर उपाधिमाथि ह्याट्रिकसमेत गरेको थियो । यस्तै, इंग्ल्यान्डले ४ पटक उपाधि जित्दा न्युजिल्यान्ड र भारतले एक–एक पटक उपाधि जितेका छन् ।

शुरुमा फाइनल भएन

पहिलो संस्करण १९७३ मा इंग्ल्यान्डमा आयोजना भएको थियो । ७ टिमले प्रतिस्पर्धा गरेको यस वल्र्ड कपमा प्वाइन्टले इंंग्ल्यान्ड च्याम्पियन बनेको थियो । इंग्ल्यान्डले २० अंक जोड्यो भने १७ अंक जोडेको अस्टे«लिया रनरअप बन्यो । यस वल्र्ड कपमा इंग्ल्यान्डकै दुई टिमले प्रतिस्पर्धा गरेको थियो । एक सिनियर टिम र अर्को यू २० क्रिकेट टिमले खेलेका थिए ।

यसपछि दोस्रो संस्करणमा पनि फाइनल भएको थिएन । सन् १९७८ मा भारतमा भएको वल्र्डकपमा जम्मा ४ टिमले सहभागिता जनाएको थियो । यसमा अस्टे«लिया मात्र ६ अंक जोडेर च्याम्पियन बन्यो । रनरअप बनेको इंग्ल्यान्डको ४ अंक मात्रै रहेको छ । यसपछि भने सन् १९८२ देखि भएको तेस्रो संस्करणदेखि फाइनल खेल भएको हो ।

केही तथ्यहरू

सर्वाधिक रन—न्युजिल्यान्डकी डेब्बी हकलीले १९८२ देखि २००० सम्म ५ वल्र्ड कप खेलिन् । उनले कूल १,५०१ रन बटुलेकी थिइन् ।
उच्चतम रन—अस्टे«लियाकी बेलिन्दा क्लार्कले १९९७ को वल्र्डकपमा डेनमार्कविरुद्ध २२९ रनको नटआउट इनिङ खेलेकी ।

ठूलो साझेदारी—२०१७ को वल्र्डकपमा इंग्ल्यान्डका टामी बीउमन्ट र साराह टेलरले साउथ अफ्रिकाविरुद्ध २७५ रनको साझेदारी गरेका ।
एक वल्र्डकपमा सर्वाधिक रन—साउथ अफ्रिकाकी लाउरा वल्भार्डटले भर्खर सम्पन्न वल्र्ड कप २०२५ मा सर्वाधिक ५७१ बनाएकी । सर्वाधिक रन स्कोरर भएपनि उनको टिम भारतसँग फाइनलमा हारेको थियो ।

सर्वाधिक विकेट—साउथ अफ्रिकाकी मारिजाना कापले २००९ देखि २०२५ सम्म वल्र्डकप खेलेर सर्वाधिक ४४ विकेट लिएकी ।
एक वल्र्डकपमा सर्वाधिक विकेट —अस्टे«लियाकी लिन फुलस्टनले एकै वल्र्डकप (१९८२ को वल्र्डकप) मा २३ विकेट लिएकी । भर्खर भारतमा सम्पन्न वल्र्डकपमा दिप्ति शर्मा उनको रेकर्ड तोड्न सफल हुन सकिनन् । दिप्तीले २२ विकेट लिएकी हुन् ।

टिमबाट उच्चतम रन—अस्टे«लियाले डेनमार्कविरुद्ध २०१७ को वल्र्डकपमा ३ विकेटको क्षतिमा ४१२ रन बनाएको ।
टिमबाट न्युनतम रन—पाकिस्तान १९९७ को वल्र्डकपमा अस्टे«लियाविरुद्ध २७ रनमा अलआउट भएको ।