काठमाडौँ ।
बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त मनसुनी वायुको प्रभावले देशभर वर्षा भइरहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा पूर्ण बदली रही वर्षा जारी छ।
दिउँसो कोशी र मधेस प्रदेशमा पूर्ण बदली रहने र ती क्षेत्रका धेरै स्थानहरूमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ।
अन्य प्रदेशका पहाडी तथा तराई भूभागमा पनि छिटफुट रूपमा वर्षा हुने पूर्वानुमान छ।
राति पनि कोशी, मधेस र बागमती प्रदेश तथा देशका पहाडी भूभागमा वर्षाको सम्भावना कायम रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।











प्रतिक्रिया