लाङटाङ ट्रेक गएका १६ जना टाेलि मध्ये खाेल्सा तरेर जाने क्रममा खाेलाले वगाएर चार जना वेपता


रसुवा ।

नेपालकै तेस्राे हिमालि पर्यटकिय गन्तव्य रसुवाको लाङटाङ ट्रेकिङ जान हिडेका १६ जना युवा मध्ये ४ जना खाेल्सा तरेर जाने क्रममा खाेलाले वगाएर बेपता भएका छन ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरिक्षक राजु शाह का अनुसार १६ जना टाेलि असाेज १७ गते लाङटाङ ट्रेकिङ जान हिडेका थिए र १८ गते शनिबार गाेसाईकुण्ड गाउँपालिका वडा नम्बर ४ स्थित बेरिङ खाेला तर्ने क्रममा १६ जना मध्ये ८ जना लाई वगाएर वेपता भएकाे र ८ जना मध्ये ४ जना सम्पर्क मा आएकाे र ४ जना वेपता रहेका छन ।

प्रहरी निरिक्षक शाहका अनुसार उनिहरू बेपत्ता भएकाे ठाउँ लाङटाङ जाने बाटाे रहेकाे र उक्त वाटाेमा खाेल्सा रहेकाले अत्यधिक बर्षाका कारण खाेला वढेकाे र एकैचोटि सवै जना तर्न नमिलेका ले पालैपालो खाेला तर्न खाेज्दा उनी हरूलाई वगाएकाे हाे।

वेपता हुनेहरूमा मध्येपुर ठिमी नगरपालिका कि संस्कृति श्रेष्ठ,किशन श्रेष्ठ,संगिता श्रेष्ठ र भक्तपुर नगरपालिका १० बस्ने रवि श्रेष्ठ रहेका छन भने अरू सकुसल रहेका छन् ।