सर्लाहीमा माटो खन्दै गर्दा ढिस्कोले पुरिँदा ४ जना गम्भीर घाइते


काठमाडौं ।

सर्लाहीको हरिपुर्वा नगरपालिका–१, हर्दी नदी क्षेत्रमा माटो खन्ने क्रममा ढिस्को खस्दा चार जना गम्भीर घाइते भएका छन्। बुधबार बिहान करिब ९:२० बजे महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाका सायदा खातुन (६५), सविवा खातुन (६), डिल्लु मन्सुर (८) र नर्गिस खातुन (९) गम्भीर घाइते भएका हुन्।

घटनापछि प्रहरी चौकी हरिपुर्वाबाट खटिएको टोलीले उनीहरूलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ। घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली खटिएको छ।