नेपालमै एक दिनमा सबैभन्दा ठूलो रक्तदान, ५०४७ पिन्ट संकलन


काठमाडौँ ।

ब्रह्माकुमारीज संस्थाको पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिज्यूको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा नेपालकाे इतिहासमै पहिलो पटक एकै दिन ५०४७ पिन्ट रगत संकलन भएको छ ।

नेपालमै एक दिनमा भएको यो संकलन हालसम्मकै रेकर्ड ब्रेकिङ रक्तदान अभियानका रूपमा स्थापित भएको छ ।

यो अभियान ब्रह्माकुमारीजका नेपाल–भारतभर फैलिएका शाखाहरुको आयोजनामा तथा विभिन्न सामाजिक संघ–संस्थाहरुको सहकार्यमा सञ्चालन गरिएको हो । यस अन्तर्राष्ट्रिय अभियान अन्तर्गत १०० घण्टाभित्र एक लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको छ ।

यसको राष्ट्रिय शुभारम्भ भाद्र १ गते ललितपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

पहिलो दिनमै ऐतिहासिक उपलब्धि

अभियानको पहिलो दिन अर्थात् भाद्र ६ (अगस्ट २२) मा नेपालभरका ब्रह्माकुमारीजका शाखाबाट संकलित रगतको विवरण यसप्रकार छ :

काठमाडौं क्षेत्र : १,७४५ पिन्ट

विराटनगर क्षेत्र : १,३०२ पिन्ट

नारायणगढ क्षेत्र : 812 पिन्ट

नेपालगञ्ज क्षेत्र : २५६ पिन्ट

बीरगंज क्षेत्र : २२० पिन्ट

पोखरा क्षेत्र : १४९ पिन्ट

दाङ क्षेत्र : १३७ पिन्ट

बुटवल क्षेत्र : १२१ पिन्ट

हेटौंडा क्षेत्र : ११३ पिन्ट

जनकपुर क्षेत्र : १०० पिन्ट

भैरहवा क्षेत्र : ६७ पिन्ट

राजविराज क्षेत्र : २५ पिन्ट

कुल संकलन : ५०४७ पिन्ट

यो संख्याले नेपालमा एकै दिनमा संकलित रगतको हालसम्मकै उच्चतम रेकर्ड कायम गरेको छ ।

अभियान निरन्तर जारी

यस रक्तदान अभियान अगस्ट २२ देखि २५ सम्म (भदौ ६–९) निरन्तर चलेको छ ।