झुमाको रैथाने घुमफिर कन्सर्ट


गायिका झुमा लिम्बु एण्ड द रैथाने व्याण्डले आगामी असोज ३ गते रिलीजमा आउने फिल्म जारी २ को सहकार्यमा रैथाने घुमफिर कन्सर्ट २०८२ आयोजना गर्ने भएको छ।

भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट शुरु हुने कार्यक्रममा जारी २ को टिमले च्याब्रुङ नाच प्रस्तुत गर्नेछ। रैथाने घुमफिरअन्र्तगत झुमाले नेपालका विभिन्न १० शहरमा प्रस्तुति दिनेछिन्। कन्सर्ट हुने क्षेत्रको स्थानिय कला संस्कृति र गीत संगीतलाई विशेष प्राथामिकतामा राखिने गायिका लिम्बुले जानकारी गराइन्।

विभिन्न सहर र गाउँमा पुगेर स्थानीय लोकसंगीत हाक्पारे पालाम, च्याब्रुङ, घाँटु, सोरठी, देउडा, मारुनीलगायतका संगीत र नृत्यलाई केन्द्रमा राखेर सांगीतिक प्रस्तुति हुने आयोजकले जानकारी गराएका छन्।

‘यो यात्राले संस्कृति र संगीतलाई नयाँ पुस्तामा पुर्याउने आशा लिएका छौ“। रैथाने घुमफिरले गाउँ र सहरको संगीत र संस्कृतिलाई जोड्न एउटा पुलको काम गर्नेछ’ उनले भनिन्।