काठमाडौँ
सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा रहेका सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका बन्दमुखी योजनाहरूको आर्थिक वर्ष २०८१÷८२ का लागि नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीको श्रावण २३ गते शुक्रबार दिउँसो २ः४५ बजे बसेको सञ्चालक समितिको १९२औं बैठकले करसहितको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ले प्रतिएकाइ २०.५ प्रतिशत नगद लाभांश प्रदान गर्नेछन् भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ले प्रतिएकाइ १७.५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । यस घोषणाले योजनामा आवद्ध लगानीकर्ताहरूलाई प्रत्यक्ष आर्थिक लाभ पुग्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया