करेन्ट लागेर विद्युत् कर्मचारीको ज्यान गयो


उदयपुर ।

 उदयपुरको त्रियुगा नगरपालिका वडा नं ८ बागचौरी स्थित विद्युत् पोलमा चढेर  विद्युत् बनाउने क्रममा करेन्ट लागेर नेपाल  विद्युत् प्राधिकरण गाईघाट शाखाका कर्मचारीको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार त्रियुगा नगरपालिका वडा नं १० बोक्से चोकमा घर भएका ४५ वर्षका रामकृष्ण राजधामी नाम गरेका नेपाल विद्युत् प्राधिकरणको गाईघाट शाखामा कार्यरत रहेका थिए ।

विद्युतका कर्मचारी राजधामी त्रियुगा  नपा ८ स्थित बागचौरी गाउँमा विद्युत् मर्मत सम्भारकालागि गएको र विद्युतको पोलमा चढेर बनाउन लाग्दा साँझ साढे पाँच बजे करेन्ट लागेर घाइते भएका थिए ।

 घाइते राजधामीलाई उपचारकालागि उदयपुर जिल्ला अस्पताल ल्याएकोमा उपचार हुँदा हुँदै उनको साँझ ६ बजेर १० मिनटमा ज्यान गएको र सो घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।