काठमाडौँ
सागर डिस्टिलरी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर (आईपीओ) अनुमति पाएको छ । कम्पनीले साउन १२ गते धितोपत्र बोर्डबाट आइपिओ निष्कासनको अनुमति पाएको हो ।
कम्पनीले अंकित मूल्य १ सयका दरले कुल १४ लाख ५२ हजार कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको हो । निष्कासन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।
कुल ७२ लाख ६० हजार कित्ता सेयरमध्ये सर्वसाधारण समूहमा २० प्रतिशत जारी हुन लागेको हो । बाँकी ८० प्रतिशत सेयर संस्थापक समूहको रहनेछ ।
उत्पादन तथा प्रशोधन समूहको यस कम्पनीले नेप्से बुल्स, रोयल ब्लु, गभर्नर, ग्रेउल्फलगायत ब्राण्डका मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ ।











प्रतिक्रिया