लाइका–फस्र्ट डग इन स्पेस

658
Shares

हामीले भर्खरका महिनाहरूमा अन्तरिक्ष यात्रा र एस्ट्रोनाटसँग धेरै समाचार सुनेको छौँ । हालसालै सुनीता विलियम्स नौ महिनासम्म अन्तरिक्षमा फसेर पनि धर्तीमा फर्केको चर्चा पनि चल्यो । यो त विश्वव्यापी रूपमा हेडलाइन्स बनेको थियो । मानव त अन्तरिक्षमा पुगे तर, एक कुकुर अन्तरिक्षमा पुग्नु एक आश्चर्यको घटना मानिन्छ । यो करिब ६८ वर्ष पहिलेको घटना थियो र यो कुकुरको नाम लाइका थियो ।

तत्कालीन सोभियत संघले सन् १९५७ मा करिब ३ वर्षको लाइकालाई रकेटमा बसालेको थियो । यसैले यो कुकुरलाई रकेट डग पनि भनिएको थियो । सोभियत संघको राजधानी मास्काको सडकमा घुमिरहने लाइकालाई बोलाइने वास्तविक नाम कुद्रजाभका थियो । स्पेसमा पुगेपछि यस कुकुरलाई लाइका नामले चिनिएको थियो ।

शान्त स्वभावको कारण रूसी स्पेस साइन्टिस्टहरूले लाइकालाई सडकबाट उठाएका थिए । उनीहरूले ३ नोभेम्बर, १९५७ मा लाइकालाई स्पुतनिक २ बाट लन्च गरे । यस केप्सुलमा खाना, पानी र गद्दावाला भित्ता थिए । तर, यसको फिर्ता हुने कुनै योजना भने थिएन । अन्तरिक्षमा पुगेको लाइका फस्र्ट डग इन स्पेस भनेर परिचित पनि थियो ।

लाइकालाई के भयो त?

केही व्यक्तिहरूले लाइका ७ घण्टा मात्रै जिवित भएको थियो । केही एक्पर्टहरूले भने ७ दिन जिवित रहेको दावी गरे । जब लाइका केप्सुलमा बसे तब, उनी शान्त थियो । विस्तारै उ धर्तीभन्दा बाहिर पुगिरहेको थियो । तर, उसलाई यसबारे केही थाहा थिएन कि उ कहाँ गइरहेको थियो । यस दृश्यले संसारलाई नै भावुक बनाइएको थियो ।

स्पुतनिक १ को सफलतापछि सोभियत पीएम निकिता खुश्चेभले रूसी वैज्ञानिकहरूलाई कुकुरलाई अन्तरिक्ष यानसँगैं पठाउने निर्देशन दिइएको थियो । पीएमको आदेशले गर्दा वैज्ञानिकहरूले मान्नु पर्ने अवस्था थियो । उनीहरूले सडकमा खेलिरहेको शान्त कुकुरलाई लिएर यानमा राखिदिए । उनीहरूलाई थाहा थियो कि कुकुर बाँचिदैन । किनभने सो यानमा सात दिन भन्दा बढीको लागि अक्सिजन थिएन ।

रूसमा लाइकाको सालिक

सोभियत संघले लाइका अन्तरिक्षमा ७ घण्टा मजासँग बितेको बताएको थियो । तर, २००२ मा एक रिपोर्टमा यो सार्वजनिक गरेको थियो कि लाइका अन्तरिक्षमा पुगेको ६ घण्टाभित्रै मृत्यु भएको थियो । स्पुतनिक २ मिसनका एक साइन्टिस्ट दिमित्री मालाशेन्कोभले प्रचण्ड गर्मी र डराएर नै लाइकाको मृत्यु भएको खुलासा गरेका थिए । तर, लाइका सोभियत संघमा निकै लोकप्रिय भएको थियो । त्यहाँ उसको सालिकसमेत बनाइएको थियो । साथै, लाइका नामको सिगरेट ब्रान्ड बजारमा आयो ।