सरकारले बनाएको समिति खारेज गर्ने तहसम्म आन्दोलन गर्न सक्नु त्यस समयको एउटा मुख्य उपलब्धीका रुपमा मैले लिएको छु । यसले उद्योग व्यवसायीमा पर्दा बोल्न, लड्ने संघ नै हो भन्ने धारणा बन्यो । संघको संस्थागत विकासक्रममा यो भावना पलाउनु कम महत्वपूर्ण उपलब्धी हो जस्तो लाग्दछ ।
–बुद्धिराज बज्राचार्य
म २०१९ सालतिर व्यापारमा लागेको हुँ घर नजिक गाबहालमै पसल राखेर सुनचाँदीको औजार, सेफ र रंग लगायत सामग्रीको व्यापार गर्थे।साँच्चीकै भन्नुपर्दा धेरैले मलाई पाटनमा सबैभन्दा पहिले प्याइउडको व्यापार गर्ने व्यवसायीको रुपमा चिनिन्छ ।
२०३२ सालतिर म ललितपुर उद्योग वाणिज्य संघमा प्रवेश गरेको थिए । संघमा जाने बितिक्कै म उपाध्यक्ष भए । त्यतिबेला अध्यक्ष महेशलाल प्रधान हुनुहुन्थ्यो । लगभग ६ सात वर्षसम्म म उपाध्यक्ष भए पनि । त्यसपछि २०३८ सालमा आएर म संघको अध्यक्ष बने ।
संघ चलाउने जिम्मेवारी पाउँदा मैले गर्नुपर्ने कार्य गरे जस्तो लाग्दछ । त्यतिबेला संघले पञ्चायत सरकारले ल्याउन लागिएको कालोबजारी ऐन अन्तर्गत व्यापारीलाई कारवाही गर्न बनाइएको मूल्य निर्धारण समिति विघटन गर्न आन्दोलनसम्म गर्नुपरेको थियो । समिति बने लगतै व्यापारीहरुलाई धरपकड गर्न थालियो । त्यसको विरुद्धमा संघको अगुवाईमा दुई दिनसम्म जिल्लाका सबै पसलहरु बन्द गरेर हड्ताल गर्नुपरेको थियो । श्रीकृष्ण जन्माष्टमीको दिनमा तत्कालीन राजा वीरेन्द्र मंगलबजार आउनुहुँदा यहाँका सबै पसलहरु बन्द भएको देख्नुभयो । राजाले उद्योगी व्यवसायीहरु असन्तुष्टि भएको थाहा पाएपछि यो प्रशासनलाई दबाब पर्ने नै भयो । तत्कालीन प्रमुख जिल्ला अधिकारी आएर हड्तालका कार्यक्रम रोक्न पटक पटक आग्रह गरेपनि हामीले मानेनौं ।
ललितपुरका उद्यमी व्यवसायीहरुको विरोधपछि अन्ततः सरकारले कालोबजारी ऐन ल्याउनबाट पछि हटेको थियो । पाटन हबहालमा गरिएको ठूलो सभामा प्रशासनले व्यवसायीहरुलाई धरपकड नगर्ने प्रतिबद्धता जनाएको थियो । यसपछि मात्र सबै पसलहरु खोल्न उद्योगी व्यवसायीहरु तयार भएको थियो । आन्दोलनका क्रममा प्रहरीले मलाई पनि दिनभर नियन्त्रणमा राखेको थियो । सरकारले बनाएको समिति खारेज गर्ने तहसम्म आन्दोलन गर्न सक्नु त्यस समयको एउटा मुख्य उपलब्धीका रुपमा मैले लिएको छु । यसले उद्योग व्यवसायीमा पर्दा बोल्न, लड्ने संघ नै हो भन्ने धारणा बन्यो । संघको संस्थागत विकासक्रममा यो भावना पलाउनु कम महत्वपूर्ण उपलब्धी हो जस्तो लाग्दछ ।
म अध्यक्ष हुँदा व्यवसायीहरु बीच एकता अपेक्षा गरे अनुरुप बलियो थिएन । संघ सोत अभाव लगायत विभिन्न आन्तरिक समस्याले गुज्ररिरहेको थियो । म उपाध्यक्ष हुँदा सदस्यहरु नआएर बैठक नै नहुने अवस्था थियो । त्यसपछि एक पटक बैठकमा सहभागी हुने सदस्यलाई १० रुपैयाँ दिने बन्दोबस्तो गरे । यसले सदस्यहरुलाई बैठकमा जानुपर्ने उत्प्रेरणा मिल्यो । सदस्यहरुबाट एकैचोटी १ सय रुपैयाँ उठाउने त्यो पैसा बैठकमा उपस्थिति हुनेलाई क्रमशः १० ÷१० रुपैयाँ गरी दिन गरेको हो । यसबाट संघलाई गति दिन केही मद्दत मिलेको थियो । यही क्रममा विभिन्न सिफारिश गरे वापत केही शुल्क लिने व्यवस्था गरेपछि मात्र संघमा अलिअलि पैसा हुन थाल्यो । त्यसले गर्दा केही रचनात्मक काम गर्न सके ।
संघले आज पनि जुनसुकै कार्यक्रम गर्दा वा त्यसको निर्णय गर्नुप¥यो भने पूर्वअध्यक्षहरु बोलाउने गरेको छ । आजसम्म पूर्वअध्यक्षहरुलाई संघले राम्रो सम्मान र उचित स्थानमा राख्दै आएको छ । मेरो विचार संघको यो निकै राम्रो पक्ष हो । यसलाई अन्य संस्थाले पनि अनुकरण गर्दा बेश नै हुनेछ ।
किनभने दोस्रो जनआन्दोलनपछि केही वर्ष मैले धेरै योगदान दिएका केही संघसंस्थाहरुले राजनीतिक पूर्वाग्रह राखेर व्यवहार गरेको अवस्थामा पनि संघले आफ्नो मर्यादा र परम्परा कायम राखेको थियो । मैले सार्वजनिक रुपमा भन्दै आएको विषय पनि हो यो ।
किनभने दोस्रो जनआन्दोलनपछि केही वर्ष मैले धेरै योगदान दिएका केही संघसंस्थाहरुले राजनीतिक पूर्वाग्रह राखेर व्यवहार गरेको अवस्थामा पनि संघले आफ्नो मर्यादा र परम्परा कायम राखेको थियो । मैले सार्वजनिक रुपमा भन्दै आएको विषय पनि हो यो ।
किनभने दोस्रो जनआन्दोलनपछि केही वर्ष मैले धेरै योगदान दिएका केही संघसंस्थाहरुले राजनीतिक पूर्वाग्रह राखेर व्यवहार गरेको अवस्थामा पनि संघले आफ्नो मर्यादा र परम्परा कायम राखेको थियो । मैले सार्वजनिक रुपमा भन्दै आएको विषय पनि हो यो । आजका दिनसम्म एक पूर्वअध्यक्ष र सल्लाहकारको रुपमा सरसलाह लिने, कार्यक्रममा बोलाउन संघले छुटाएको छैन ।
(बज्राचार्यले २०७३ साल फागुणमा नेपाल समाचारपत्र दैनिकका सहायक सम्पादक सुनील महर्जनसंग गरेको कुराकानीमा आधारित)











प्रतिक्रिया