तीनमहिने उपकुलपति केसी रेक्टर भएपछि चलाखी: निर्णय १३ दिनअघि, सूचना आज

8.93k
Shares

काठमाडौं ।

 त्रिभुवन विश्वविद्यालयका तीन महिने उपकुलपति प्राडा खड्ग केसीले १३ दिनअघि गरेको भर्ना सम्बन्धी  निर्णय आज सार्वजनिक गरेका छन् । उपकुलपतिको हैसियतमा रहेका केसीले असार २५ गते निमित्त रेक्टर प्राडा दुबिनन्द ढकालको अध्यक्षतामा बसेको बैठकको निर्णय आज सार्वजनिक गरेका हुन् । तीन महिने उपकुलपति प्राडा केसीको विशेष आमन्त्रणमा त्रिवि अन्तर्गतका अध्ययन संस्थान तथा  संकायका डीनको उपस्थितिमा गरेको निर्णय आज सार्वजनिक गरेको हो।

 पुरानो निर्णयको आधारमा शैक्षिकसत्र २०८२-०८३ को वार्षिक प्रणालीका लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना शुरु गरेको हो । विद्यार्थी, कर्मचारी संघ , संगठन र कर्मचारी र प्राध्यापक संघ संगठनले राजिनामा मागिरहेको बेला हाल रेक्टर रहेका  केसीले भर्ना खोलेको सूचना जारी गरेकोमा पब्लिक क्याम्पस संघले आपत्ती जनाएका छन् ।  कार्यालयल नै नआई कसरी भर्ना खोल्न मिल्छ ? कर्मचारीले भने ।

रेक्टर कार्यालयले मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन, शिक्षा शास्त्र, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसमा भर्ना खुला गर्ने सूचना जारी भएको हो । सूचना अनुसार वार्षिक प्रणाली अनुसार स्नातक तह प्रथम सत्रको (वार्षिक प्रणाली) भर्ना कार्यक्रम, शैक्षिकवर्ष २०८२-०८३ सालको भर्ना साउन चौथो हप्तादेखि असोज मसान्तसम्म, कक्षा सञ्चालन कार्तिक दोस्रोहप्ता, परीक्षा फारमभर्ने ०८३ बैशाख, परीक्षा सञ्चालन असार दोस्रोहप्ता र परीक्षाफल प्रकाशित गर्ने मिति असोजमा छ । तालिका अनुसार परीक्षा सकिएको ३ महिनाभित्र परीक्षाफल प्रकाशित हुने कार्यतालिकामा लेखिएको छ ।

 प्रवेशपरीक्षा तथा भर्ना सम्बन्धी अन्य विस्तृत जानकारी सम्बन्धित डीनको कार्यालयले निर्धारण गरे अनुसार हुने उल्लेख छ । विद्यार्थीले प्रवेश चाहेको प्रत्येक संकाय र अध्ययन संस्थान र विषय अनुसार सम्बन्धित संकाय र अध्ययन संस्थानमा बेग्लाबेग्लै आवेदन फाराम बुझाउनुपर्ने सूचनामा उल्लेख छ।