चाँदीको मूल्य अहिलेसम्मकै उच्च, सुनको मूल्यमा पनि वृद्धि


काठमाडौं ।

मङ्गलबार नेपाली बजारमा आज चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ भने सुनको मूल्य पनि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ पुगेको छ, जुन सोमबारको तुलनामा १८०० रुपैयाँले बढी हो।

त्यस्तै, चाँदीको मूल्यमा ३५ रुपैयाँको वृद्धि भई नयाँ रेकर्ड कायम गर्दै प्रतितोला २३२० रुपैयाँमा कारोबार भइरहेको छ।