घुससहित वरिष्ठ वन अधिकृत यादव पक्राउ


कञ्चनपुर।

डिभिजन वन कार्यालय, धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादव घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको टोलीले यादवलाई ७ लाख ३१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनमा घाटगद्दी गरेको काठको बिमर्का र छोडपुर्जीका लागि सेवाग्राहीसँग यादवले घुस मागेको उजुरी आएपछि अख्तियारको टोलीले निगरानी बढाएको थियो।

उजुरीको आधारमा निगरानीमा खटिएको टोलीले यादवलाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो। अख्तियारले यादवमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।