सेयर कारोबारी दीपेन्द्र अग्रवाल तीन दिन हिरासतमा रहने


काठमाडौँ । 

करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल ३ दिन हिरासतमा रहने भएका छन्। उनीमाथि अनुसन्धान गर्न बाँकी रहेको भन्दै काठमाडौं जिल्ला अदालतले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो। 

सोमबार बिहान टोखाबाट पक्राउ परेका उनलाई प्रहरीले लगत्तै जिल्ला अदालत, काठमाडौँमा उपस्थित गराएको थियो ।

 त्यस पछि अदालतले अग्रवाललाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ प्रहरीलाई अनुमति दिएको हो ।  

 प्रहरीले उनीविरुद्ध ठगी र आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान गरिरहेको छ ।  

जनकपुरका दिनेशप्रसाद साहले आफूसँग ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको भन्दै जाहेरी दिए पछि प्रहरीले सेयर कारोबारी अग्रवालको खोजी थालेको थियो ।