काठमाडौं ।
नेपाल राष्ट्र बैंकले इसेवा, खल्ती, फोनपे, नेपाल क्लियरिङ हाउसजस्ता भुक्तानी सेवा प्रदायक र सञ्चालक संस्थाको लाभांश वितरणमा कडा शर्त तोकेको छ । अब सञ्चित मुनाफा ऋणात्मक नभएको, पर्याप्त नगद मौज्दात भएको र वित्तीय विवरण लाभमा रहेको अवस्थामा मात्र लाभांश घोषणा गर्न पाइनेछ ।
सेयर प्रिमियमबाट नगद लाभांश दिन नपाइने र बोनस सेयर दिनुअघि नेटवर्थ ऋणात्मक छैन भन्ने सुनिश्चित गर्नुपर्नेछ । राष्ट्र बैंकले जोखिम बहन कोष, जगेडा कोष र पूर्वाधार विकास कोष अनिवार्य गरी मुनाफाको निश्चित हिस्सा त्यहाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ ।
यी कोष अप्रत्यासित जोखिम व्यवस्थापन र पूर्वाधार विस्तारमा प्रयोग गर्न सकिनेछ। निरीक्षणमा गम्भीर वित्तीय कमजोरी नदेखिएको अवस्थामा मात्रै लाभांश वितरण अनुमति दिइनेछ।











प्रतिक्रिया