साउन ४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल


मेष : दिन शुभ छ, कोसेली, पुरस्कार प्राप्ति, काममा सफलता, लाभ हुने देखिन्छ ।

वृष : अशुभ समयले नोक्सानी, चोटपटक, निरर्थक खर्चको सम्भावना छ । सजग हुनुहोला ।

मिथुन : दिन अनुकूल छ । विविध सेवा वा वस्तुको प्राप्ति, मीठो भोजन प्राप्ति होला ।

कर्कट : काममा सफलता, स्वस्थता, सुख–सन्तोष मिल्नाले दिन राम्रैसँग व्यतीत होला ।

सिंह : दिन त्यति शुभ छैन । राज्य भय, प्रतिष्ठामा ह्रास नआउला भन्न सकिन्न ।

कन्या : आज परिश्रम धेरै गर्नुपर्ला । रोगव्याधि, काममा बाधा–व्यवधान आउन सक्छ ।

तुला : समय शुभ भएकाले थोरै परिश्रमले पनि लाभ, सम्मान, सफलता प्राप्ति होला ।

वृश्चिक : दिन राम्रो छ । द्रव्य लाभ, विजय, गरेको काममा सफलता हुने सम्भवना छ ।

धनु : यस दिन वायुजन्य स्वास्थ्य समस्या, काममा असफलता हुन सक्छ । सजग रहनुस् ।

मकर : पेटको स्वास्थ्य समस्या आउन सक्छ । निरर्थकको घुमफिर नहोला भन्न सकिन्न ।

कुम्भ : दिन बलियो भएकाले व्यापारिक लाभ, मान–सम्मान, कार्य सफलता होला ।

मीन : दिन सहज छैन । आँखाको स्वास्थ्य समस्या, निरर्थक खर्च नहोला भन्न सकिन्न ।