वैज्ञानिक टेस्लाको उज्यालो विरासत: एसी करेन्टदेखि वाई–फाईसम्मका सूत्रधार

282
Shares

महान वैज्ञानिक निकोला टेस्लाको जीवन एउटा प्रेरणादायक कथा हो, जसले संसारलाई उज्यालो बनाउने सपना देखेर त्यो सपना साकार पनि पारे । सन् १८५६ जुलाई १० मा सर्बियाको एउटा सामान्य परिवारमा जन्मेका टेस्ला सानैदेखि असाधारण प्रतिभाका धनी थिए । विज्ञानप्रति गहिरो चासो राख्ने उनी पढाइमा होशियार मात्र होइन, अत्यन्त कल्पनाशील र मेहेनती पनि थिए । तर, उनको जीवन सजिलो थिएन । उनले गरिबी, धोका, र मानसिक तनावजस्ता धेरै कठिनाइहरू झेले । तर, ती सबै कठिनाइका अगाडि उनले कहिल्यै हार मानेनन् र आफ्ना सपनाहरूलाई निरन्तर पछ्याइरहे ।

उनका आविष्कारहरूले आजको आधुनिक संसार निर्माण गर्न ठूलो भूमिका खेलेका छन् । उनले विकास गरेको अल्टरनेटिङ करेन्ट (एसी करेन्ट) जुन आज सबैभन्दा सुरक्षित र प्रभावकारी विद्युत प्रवाह प्रणाली हो र संसारभर प्रयोग भइरहेको छ । टेस्लाको अर्को प्रसिद्ध आविष्कार टेस्ला कोइल हो, जसले उच्च भोल्टेज उत्पादन गर्छ र आज पनि रेडियो, टिभी, र वायरलेस प्रविधिमा यसको प्रयोग हुन्छ ।

टेस्लाले वायरलेस पावर ट्रान्समिसन अर्थात् बिना तार बिजुली प्रवाह गर्ने प्रयोग पनि गरेका थिए, जुन आजको वायरलेस चार्जिङ र वाई–फाई प्रविधिको आधार बनेको छ । सन् १८९८ मा उनले पहिलोपटक रिमोट कन्ट्रोल बोट सार्वजनिक रुपमा प्रदर्शन गरे, जुन आजको रिमोट प्रविधिको आरम्भ थियो । त्यसैगरी उनले विकास गरेको ईन्डक्शन मोटर आजका उद्योग, ट्रेन, र घरेलु उपकरणहरूमा प्रयोग हुने आधुनिक इलेक्ट्रिक मोटरको आधारशिला हो । टेस्लाले एक्स–रे प्रविधिमा पनि धेरै परीक्षण गरे, जसले मेडिकल इमेजिङ क्षेत्रलाई क्रान्तिकारी रूपले परिवर्तन ग¥यो । त्यस्तै, रेडियो र राडार प्रविधिमा पनि उनको योगदान अतुलनीय छ । यद्यपि रेडियोको पेटेन्ट मारकोनीले लिए पनि पछि अदालतले टेस्लाको सिद्धान्त नै यसको आधार भएको स्वीकार ग¥यो ।

निकोला टेस्ला आफैंले भनेका थिए,“आजको समय अरूको हो, तर भविष्य मेरो हो, किनभने म भविष्यकै लागि काम गरिरहेको छु ।” वास्तवमै, आज हामी मोबाइल, बत्ती, इन्टरनेट, रेडियो, टिभी, र मोटरहरू सजिलै प्रयोग गर्न सकिरहेका छौं भने त्यसको मूल श्रेय निकोला टेस्ला र उनका दूरदर्शी आविष्कारहरूलाई जान्छ । सन् १९४३ जनवरी ७ मा संसारबाट विदा भएका टेस्ला आज पनि आफ्ना आविष्कारहरूमार्फत हाम्रा जीवनमा उज्यालो बनाइरहेका छन् । उनी विज्ञानका एक अमर पथप्रदर्शक हुन्, जसका कारण हामी प्रविधिको युगमा सुरक्षित, स्मार्ट र सहज जीवनयापन गर्न सक्षम भएका छौं ।

टेस्लाका केही प्रमुख आविष्कार :

टेस्ला कोइल :
यो एक प्रकारको गुञ्जनशील ट्रान्सफर्मर सर्किट हो जसले उच्च भोल्टेज र उच्च फ्रिक्वेन्सी भएको एसी (बैकल्पिक धारा) विद्युत् उत्पादन गर्छ । यसलाई रेडियो प्रसारणदेखि लिएर चिकित्सा उपकरणहरूमा प्रयोग गरिन्छ ।

टेस्ला टर्बाइन :
यो ब्लेड नभएको टर्बाइन डिजाइन हो जसले तरल पदार्थको प्रवाहलाई घुम्ने गतिमा रूपान्तरण गर्छ । यो शक्ति उत्पादनको एक अनौठो तर प्रभावकारी तरिका हो।

ईन्डक्सन मोटर :

टेस्लाले बनाएको ब्ऋ इन्डक्सन मोटरले घुम्ने चुम्बकीय क्षेत्रको प्रयोग गर्छ। यो आधुनिक विद्युतीय इन्जिनियरिङ्गको आधारशिला हो जसले धेरै घरेलु उपकरण र औद्योगिक मेशिनहरूलाई शक्ति दिन्छ।

बैकल्पिक धारा (एसी) पावर प्रणाली :
टेस्लाले विकास गरेको एसी पावर वितरण प्रणालीले विद्युत् प्रवाहलाई लामो दूरीसम्म सजिलै र प्रभावकारी रूपमा पु¥याउन सम्भव बनायो, जसले विद्युत् उपलब्ध गराउने कार्यमा क्रान्ति ल्यायो ।

रेडियो :
सन १८९० को दशकमा टेस्लाले गरेको रेडियो प्रसारणसम्बन्धी अनुसन्धानले आधुनिक रेडियो प्रविधिको आधार तयार ग¥यो । यद्यपि, यस प्रविधिको विकास पछि गुग्लिएल्मो मार्कोनी लगायत अन्य व्यक्तिहरूले गरे ।

रिमोट कन्ट्रोल :

टेस्लाले रेडियो–नियन्त्रित यन्त्रहरूमा प्रयोग गरेका प्रयोगहरूले, जस्तै उनले टाढाबाट नियन्त्रण गरेको एउटा डुंगा वायरलेस नियन्त्रण प्रणाली उनको प्रारम्भिक समझको उपज हो भनेर दर्शाउँछ ।

जलविद्युत :

टेस्लाले बनाएको एसी पावर प्रणाली जुन नियाग्रा फल्स जलविद्युत् केन्द्रमा गरिएको प्रयोगले पानीको शक्ति प्रयोग गरेर विद्युत् उत्पादन गर्न ठूलो योगदान पु¥यायो ।

वायरलेस बत्ती :
टेस्लाको वायरलेस ऊर्जा प्रवाहसम्बन्धी अनुसन्धानले वायरलेस बत्तीसमेतको प्रारम्भिक परीक्षणहरू समेटेको थियो, जसले त्यति बेला उनले कल्पना गरेको ताररहित संसारको अहिल यथार्थमा परिणत भएको छ ।