मिचेल स्टार्क र एलीसा हेलीबीचको समानता

0
Shares

भनिन्छ बिहे कोसँग हुने हो त्यो पहिले नै भावीले लेखिसकेको हुन्छ । त्यसैले पनि होला पूर्वको मान्छेको पश्चिमको मान्छेसँग बीहे भएको छ । अर्को, चिन्दै नचिनेको मान्छेसँग पनि बीहे हुन्छ । कसै कसैको एकै नजरमै मनपराइएको हुन्छ र बीहे हुन्छ ।

कसै कसैको भने बीहे हुने साइत जुरिसक्दा पनि बीहे हुन सकिँदैन । जो जसँग बीहे हुने हो त्यो बीहे भएरै छाड्छ । बीहे हुने नलेखिएको भए त्यो बीहे पनि हुँदैन । शायद, यही नै भावीले लेखिएको भनेको होला ।

यस्तैमा दुई खेलाडीबीचको व्यक्तिगत जीवनमा धेरै कुराहरू समानता पाइएको छ । शायद, उनीहरूको बीहे हुनुपर्ने भएकै होला उनीहरूबीच धेरै कुराहरूमा समानता देखिएको छ । ती हुन् अस्टे«लियाका प्रसिद्ध क्रिकेटरहरू मिचेल स्टार्क र एलीसा हेली ।

स्टार्क पुरुष क्रिकेट टोलीका मुख्य बलर हुन् भने हेली महिला क्रिकेट टोलीकी विकेटकीपर ब्याटर हुन् । उनीहरूबीच ९ वर्षको उमेरदेखि नै एक अर्कामा चीनजान भएको थियो । पछि उनीहरू सन् २०१६ मा विवाह बन्धनमा बाँधिए ।

उनीहरूबीच रहेका समानताहरू

-एकै साल सन् १९९० मा जन्मेको

-घरेलु लिगमा डेब्यु गरेको वर्ष २००८ मा

-डेब्यु गरेको टोली एउटै न्यु साउथ वेल्स

-राष्ट्रिय टोलीमा डेब्यु गरेको वर्ष २०१०

-एकदिवसीय (वानडे) मा डेब्यु गरेको वर्ष

-टेस्टमा डेब्यु गरेको वर्ष २०११

-घरबाहिर एकै समयमा र एकै टोलीबाट खेलेको २०१२ मा योर्कशायर

-टेस्टमा व्यक्तिगत उच्चतम स्कोर समान ९९ रन

-दुबैले यो स्कोर नवौं टेस्टमा बनाएको

-टी २० र ५० ओभरको विश्वकप जितेको