श्रावण महिनामा हरियो लुगा र हरियो चुरा किन लगाइन्छ ?

10.43k
Shares

यस वर्ष २०८२ को श्रावण अथवा साउन महिना शुरु भइसकेको । यो विक्रम संवतअनुसार चौथो महिना भएपनि हिन्दू पात्रोअनुसार भने पाँचौ महिनामा गनिन्छ । यस साउन महिनामा भगवान शिव (महादेव) को आराधना गरिन्छ । विशेषगरी यस महिनाको प्रत्येक सोमबारमा शिव मन्दिरहरूमा महिला भक्तजनहरूको भीड लाग्ने गर्छ । यो सम्पूर्ण महिना वास्तवमा भगवान शिवलाई समर्पित गरिएको छ । भनिन्छ कि भगवान शिवको विशेष अनुग्रह प्राप्त गर्न यो उत्तम समय पनि हो ।
त्यसकारण साउन महिनाको सोमबार व्रत उपवास बस्ने गर्दछन् । प्रत्येक सोमबार भक्तजनहरू भगवान शिवको आराधना गरी भगवान शिवलाई मनाउने प्रयास गर्दछन् । यस महिनामा महिला भक्तजनहरू हरियो लुगा र हरियो चुरा लगाएर मन्दिरमा पूजा गर्न लाम लागेको अक्सर सबैले देखेकै हुन्छ । महिला भक्तजनहरूले हरियो रंग किन छनोट गरेकोबारे यहाँ केही मान्यता प्रस्तुत गरिएको छ ।

साउन महिनासँगको सम्बन्ध

साउन महीना वर्षाको मौसम हो र यस समयमा वर्षाको कारण, जताततै हरियाली हुने गर्छ । वर्षा दिनहरूमा चारैतिर हरियाली प्रकृति, नवजीवन र उर्वरता दर्शाउँछ । यसैले महिलाहरू पनि नयाँ उर्जा, प्रेम र समृद्धिको इच्छा गर्दै साउन महिनाको दिनमा नवजीवन र ऊर्जाको प्रतीक हरियो रंगको शृंगार गर्दछन् ।
यसबाहेक, हरियो रंग सुहागको निशान पनि मानिन्छ र यसैले विवाहित महिलाहरूले आफ्ना लोग्नेको लामो जीवन र राम्रो भाग्यको लागि हरियो चुरी लाउने गरेको मान्यता छ ।

देवी पार्वतीलाई मन पर्ने हरियो रंग

धार्मिक विश्वासअनुसार हरियो रंग देवी पार्वतीको मन पर्ने रंग पनि हो । श्रावण महिनामा देवी पार्वतीसँगैं महादेवको पनि पूजा आराधना गरिन्छ । यस्तो अवस्थामा हरियो रंगको चुरा र लुगा लगाएर पूजा गर्नाले महिलाहरूले अखण्ड सौभाग्य प्राप्त गर्ने मान्यता रहेको छ ।
त्यहि समयमा, हरियोलाई स्वास्थ्य र शान्तिको प्रतीक पनि मानिन्छ । यस्तो अवस्थामा यस रंगले सकारात्मक उर्जाको प्रवाह ल्याउँछ र दिमागमा शान्ति दिन्छ ।

विज्ञान र हरियो रंग

धार्मिक र आध्यात्मिक महत्वबाहेक, हरियो रंग वैज्ञानिक महत्व पनि छ । वास्तवमा, आयुर्वेद र रंगको थेरापीअनुसार हरियो रंगले तनाव कम गर्दछ र हृदय शान्त राख्न मद्दत गर्दछ । यो मानसिक सन्तुलन कायम गर्न पनि सहयोगी हुने बताइएको छ ।