आषाढ ३१ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल


मेष : शुभ समय भएकाले पैसा प्राप्ति, परिवारमा मिष्ठान्न भोजनको अवसर मिल्ने देखिन्छ ।

वृष : समय उत्तम फलदायक छ । गरेको काम सफल, स्वास्थ्य तन्दुरुस्त, रोमान्टिक यात्रा होला ।

मिथुन : दिन अनुकूल नभएकाले सजग रहनु बेस । राज्यका तर्फबाट डर, प्रतिष्ठामा कमी आउला ।

कर्कट : समय शुभ देखिँदैन । सामान्य रोगले समाउला, बढी खर्च, काममा बाधा नहोला भन्न सकिन्न ।

सिंह : दिन उत्तम फलदायक छ । धन प्राप्ति, अधुरा काम पूरा हुने, मान–सम्मान पाइने देखिन्छ ।

कन्या : समय शुभ भएकाले केही रकम प्राप्ति, प्रतिस्पर्धीमाथि विजय, सुख–शान्ति हुने देखिन्छ ।

तुला : समय अनुकूल छैन । काममा बढी मेहनत, वाथजन्य रोगको सम्भावना, अधिक खर्च होला ।

वृश्चिक : झाडा–पखालाको सम्भावना, विवादमा फसिएला, विनाउपलब्धिको परिश्रम हुन सक्छ ।

धनु : समय बलवान् छ । आर्थिक लाभ, मान–सम्मान, पढाइ–लेखाइमा सफलता, लाभ होला ।

मकर : समय शुभ नहुँदा धन र समयको नोक्सानी, चिन्ता, सामान्य टाउको दुख्न सक्ने देखिन्छ ।

कुम्भ : शुभ समयले गर्दा मिष्ठान्न भोजन, खाद्यपदार्थ–उपहार प्राप्तिको सम्भावना देखिन्छ ।

मीन : दिन शुभ देखिँदैन । आर्थिक नोक्सानी, अस्वस्थता, विवाद हुन सक्छ । सजग रहनुहोला ।