जाजरकोटका सहसचिव शाहीले चीनको नम्बर १ विश्वविद्यालयबाट गरे पीएचडी


काठमाडौं।
नेपाल सरकारका सहसचिव पुष्प राज शाहीले चीनको प्रतिष्ठित पेकिङ विश्वविद्यालयबाट पीएचडी पूरा गरेका छन्। उनले सैद्धान्तिक अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) गर्दै नेपालको तीव्र आर्थिक वृद्धि र बजेट कार्यान्वयनमा राजनीतिक अस्थिरताको प्रभावबारे अध्ययन गरेका हुन्।

“How States Derail From Reform; Political Instability, Development Budget Implementation Efficiency, and Rapid Economic Growth in Nepal” शीर्षकको शोध प्रस्तुत गर्दै उनले पेकिङ विश्वविद्यालयमा डिग्री पूरा गरेका हुन्। शाहीले सन् २०२२ मा नेपाल सरकारको तर्फबाट छात्रवृत्ति पाएर चीन गएका थिए।

हाल कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रहेका शाही जाजरकोटका स्थायी बासिन्दा हुन्। उनले पीएचडी अवधिभर ३५ भन्दा बढी प्रोफेसरहरूको मार्गदर्शनमा अध्ययन गर्दै विश्वविद्यालयमा नेपालका तर्फबाट उत्कृष्ट प्रतिनिधित्व गरेको बताए।

उनका अनुसार शाहीसँगै अन्य तीन नेपाली विद्यार्थीले पेकिङ विश्वविद्यालयबाट पीएचडी हासिल गरेका छन् भने अन्य दुई दर्जन बढी विकासशील देशका विद्यार्थीहरूले पनि सोही अवधिमा विद्यावारिधि पूरा गरेका छन्।

पेकिङ विश्वविद्यालय विश्वकै शीर्ष १० र चीनको नम्बर १ श्रेणीमा पर्छ।