जसपाको समर्थन फिर्ता, राष्ट्रिय सभामा सरकार अल्पमतमा


काठमाडौं ।

जनतामा समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीको कार्यकारिणी समितिको निर्णयसँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको हो।

हाल राष्ट्रिय सभामा माओवादीका १८, कांग्रेस १६, एकीकृत समाजवादी ८, जसपाका ३, जनमोर्चा १, लोकतान्त्रिक समाजवादी पार्टी १, स्वतन्त्र १ र एमालेका ११ सदस्य छन्।

समर्थन फिर्तापछि अब सरकारसँग राष्ट्रिय सभामा २८ सदस्यको मात्र समर्थन बाँकी छ। जसपाले संविधान संशोधन, सुशासन, भ्रष्ट्राचार नियन्त्रण र आर्थिक समृद्धिमा सरकार गम्भीर नभएको आरोप लगाउँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको छ।