भारतको उत्तराखण्डबाट बन्धक बनाइएका ५७ नेपाली युवाको उद्धार, स्वदेश ल्याइयो


काठमाडौँ।

भारतको उत्तराखण्डमा जबरजस्ती बन्धक बनाइएका ५७ जना नेपाली युवाको उद्धार गरिएको छ। उनीहरूलाई बुधबार सुदूरपश्चिमको गड्डाचौकी नाका हुँदै नेपाल फर्काइएको हो।

यो उद्धार कार्य नेपाली दूतावास (नयाँ दिल्ली), उत्तराखण्ड प्रहरी तथा सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा सम्पन्न भएको हो। उद्धारपछि महेन्द्रनगरमा उनीहरूलाई अस्थायी रूपमा राखिएको छ। उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी डम्बरबहादुर विकले स्वागत गरेका थिए।

रोजगारको आकर्षक प्रलोभनमा परेर भारत पुगेका यी युवाहरूलाई विभिन्न ठाउँमा महिनौँसम्म बन्धक बनाएर अमानवीय व्यवहार गरिएको थियो। रोजगारीको नाममा ठगिएर शोषणमा परेका उनीहरूलाई अन्ततः उद्धार गरी स्वदेश ल्याइएको हो। उनीहरूलाई अस्थायी रूपमा महेन्द्रनगरमा राखिएको छ भने बिहीबार आफ्ना घरतर्फ पठाइने योजना रहेको बताईमएको छ।

उद्धार गरिएका व्यक्तिहरू :

चितवन — १० जना

कैलाली — ९ जना

सुनसरी — ५ जना

पाँचथर, तेह्रथुम, उदयपुर — ४/४ जना

दाङ, स्याङ्जा, बाँके — ३/३ जना

डोटी, ताप्लेजुङ, धादिङ — २/२ जना

सर्लाही, कास्की, रुकुम, बाग्लुङ, इलाम, रुपन्देही — १/१ जना