सकियो ‘राइड विथ मेसिलिन’को पहिलो संस्करण


काठमाडौँ
टायर ब्रान्ड मेसिलिनद्वारा आयोजित ‘राइड विथ मेसिलिन’ कार्यक्रमको पहिलो संस्करण सफलतापूर्वक सकिएको छ ।

मेसिलिन टायरको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपाट्र्स प्रालिको आयोजनामा सम्पन्न उक्त मोटरसाइकल राइड २०८२ असार ६ गते (२०२५ जुन २०), शुक्रबार काठमाडौँबाट सुरु भएको हो ।

राइडमा सहभागी राइडर्सहरू सुकुटे पुगेपछि राति त्यहीँ विभिन्न रोमाञ्चक गतिविधिहरू तथा गेमहरूमा सहभागी भएका थिए, भोलिपल्ट शनिबार (असार ७) बिहान काठमाडौँ फर्किएसँगै यो राइड पूर्ण रूपमा सम्पन्न भएको हो ।
उक्त राइड काठमाडौंदेखि सुकुटेसम्मको आकर्षक र रमणीय मार्ग हुँदै सम्पन्न भएको थियो । राइडमा ५० वटा रोयल इनफिल्ड मोटरसाइकलको सहभागिता रहेको थियो ।

सिप्रदी अटोपाट्र्सकाअनुसार, नेपालमा मेसिलिन टायरको ब्रान्ड प्रमोशन तथा विशेषगरी रोयल इनफिल्ड मोटरसाइकलका लागि उपयुक्त टायरको पहिचान गराउनका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमले बाइकप्रेमीमा मेसिलिन टायरप्रति विश्वास र उत्साह बढाउनुका साथै विश्वस्तरीय टायर अनुभव गराउने उद्देश्य राखेको थियो ।
कार्यक्रममा जेरो इन्जिनियरिङ मोटरसाइकल राइड पार्टनरको रूपमा सक्रिय सहभागिता जनाएको थियो ।

सिप्रदी अटोपाट्र्सले आगामी दिनहरूमा समेत यस्ता राइड तथा प्रमोशनल गतिविधिलाई निरन्तरता दिने बताएको छ ।