बाजुरा।
बाजुराको गौमुल गाउँपालिका–३ मा खोलाले बगाएर बेपत्ता भएका एकजना पूर्व वडासदस्य धन बहादुर बोहराको शव फेला परेको छ। ४५ वर्षीय धन बहादुर बोहराको शव सोही गाउँपालिकाको आगर भन्ने ठाउँमा फेला परेको हो । आइतबार दउँसो २:४५ बजे एक्कासी मेघ गर्जेसँगै रौदी खोलाले बगाउँदा बोहरा बेपत्ता भएका थिए । सोमवार पानीको बहाव घटेपछि बिहान ७.३० बजे स्थानीयले बोहरालाई मृत अवस्थामा फेला परेका थिए।
घट्टको पाथर तार्ने क्रममा रौदिखोला उर्लेर आएपछि उनी बगेका थिए। आइतबार दिउँसो खोलाले बगाएर बेपत्ता पारेको स्थानीयले खबर गरेपछि प्रहरी र स्थानीयहरुले खोजी गर्दा नभेटिएको राति भएकाले समस्या हुँदा आज बिहान ७ बजेर ३० मिनेटमा खोजी गर्दा बगरमा भेटिएको प्रहरीले बताएको छ ।
घटनाको थप विवरण संकलनका लागि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनक बहादुर बोहराको नेतृत्वको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
यसैवीच आइतबार दिउँसो आएको अविरल वर्षाले सदरमुकाम मार्तडी कोलीटी सडक खण्डको वाउली खोलाले निर्माणधिन पक्की पुलमा क्षेती पर्याएको वडा नं ७का पूर्व वडाध्यक्ष प्रकाश रावलले बताए । यसैगरी वाउली खोलाले बडिमालिका आठको खर्रा गडखेतको कुलो भत्काउँदा किसानको रोपाइँ प्रभावित भएको छ।
बडिमालिका नगरपालिका वडा न ८ स्थित रहेको बाउली खोला अषाढ ८ गते दिउँसो ४ः३० मा बाढी आएर सिचाई कुलोको बाँध बगाएको हुँदा वडा न ८ र ९ का रावल थापा बडुवाल खड्का ,कडायत ,दलित समुदायको कृषक हरुलाई रोपाईका लागि बीउ उखेलेर पानी नभएर सुक्ने भएको हुँदा तत्काल बडिमालिका नगरपालिका मेयर अमर खड्का ,उपमेयर नन्दा थापा , भोलि बाट सिचाई कुलो सुचारु हुने गरि कामकाज प्रक्रिया बढाई दिन हुन अनुरोध गर्दछु पूर्व वडाध्यक्ष रावलले सामाजिक सञ्जाल फेसबुक मार्फत अनुरोध गरेका छन् ।
प्रतिक्रिया