काठमाडौं ।
बजारमा खाना पकाउने एलपी ग्यासको आयात पाँच प्रतिशतले बढेको छ ।
खपत बढेसँगै आयातसमेत वृद्धि भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१र८२ को एघार महिनामा साउन–जेठसम्म ५७ अर्ब ३६ करोड ६६ लाख ८० हजार रुपैयाँ बराबरको पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात भएको छ ।
गत वर्ष सो अवधिमा ५१ अर्ब ७६ करोड २६ लाख ७९ हजार रुपैयाँको चार लाख ८१ हजार मेट्रिक टन आयात भएको थियो । यो वर्ष गत आर्थिक वर्षको तुलनामा छ अर्ब रुपैयाँ बराबरको २५ हजार हजार मेट्रिक टन ग्यास आयात बढी हो ।











प्रतिक्रिया