काठमाडौँ।
न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता नेपालको नाम सिफारिस गरेका हुन्।
नेपालको संविधानमा न्यायपरिषदमा प्रधानमन्त्रीको सिफारिसमा एक कानुनविद् सदस्य नियुक्त हुने व्यवस्था छ ।
न्यायपरिषद् सदस्य रामप्रसाद भण्डारी १० असारमा चार वर्षे पदावधि सकिएर अवकाश हुँदैछन् ।
रिक्त हुने ठाँउमा प्रधानमन्त्रीले नेपालको नाम सिफारिस गरेका हुन् ।











प्रतिक्रिया