एसियाली टोली उज्बेकिस्तान र जोर्डनले पहिलो पटक फिफा विश्वकप खेल्ने भएका छन् । यी दुबै टोली मेक्सिको, क्यानडा र अमेरिकाको संयुक्तरूपमा आयोजना हुने आगामी विश्वकप २०२६ मा छनोट भएका हुन् ।
हालसम्म एसिया महादेशबाट ६ टोलीले विश्वकप २०२६ मा स्थान बनाइसकेको छ । यी छनोट भएका टोलीहरू जापान, इरान, दक्षिण कोरिया, अस्टे«लिया, उज्बेकिस्तान र जोर्डन हुन् । जापानको आठौं
अब विश्वकपको प्रावधानअनुसार एसियाबाट ८ टोलीको सीधै छनोट हुनेछ भने एक टोली प्लेअफबाट छनोट हुनेछ । यसअनुसार एसियाबाट तीन टोली छनोट हुन बाँकी रहेको छ ।
संभावना रहेका टोलीहरू
एसियाबाट यूएई, कतार, इराक, ओमान, साउदी अरेबिया र इन्डोनेसिया चौथो चरणमा पुगेका छन् । समूह ए बाट इरान र उज्बेकिस्तान शीर्ष दुई स्थानमा रहेर विश्वकपमा छनोट हुँदा यूएई र कतार क्रमशः तेस्रो र चौथो स्थानमा रहे ।
यस्तै, समूह बी बाट दक्षिण कोरिया र जोर्डन विश्वकपमा पुग्दा इराक र ओमान क्रमशः तेस्रो र चौथो स्थानमा रहे । यसैगरी समूह सी बाट जापान र अस्टे«लिया छनोट हुँदा साउदी अरेबिया र इन्डोनेसिया क्रमशः तेस्रो र चौथो स्थानमा रहे ।
चौथो चरणमा यी ६ टोलीलाई दुई समूहमा विभाजित गरिन्छ । तीन–तीन टोलीको प्रतिस्पर्धामा समूहका शीर्ष रहने दुई टोली विश्वकपका लागि छनोट हुनेछ । समूहमा दोस्रो हुने दुई टोलीले पाँचौं चरणमा दुई लेगमा प्रतिस्पर्धा गर्नेछ र जित्ने टोलीले प्लेअफमा खेल्नेछ ।
४८ टोलीको फरम्याटको विश्वकप
मेक्सिको, क्यानडा र अमेरिकाको संयुक्तरूपमा आयोजना हुने आगामी विश्वकप २०२६ को फरम्याट पछिल्लाभन्दा बेग्लै हुनेछ । ४८ टोलीको सहभागिता हुने सो विश्वकपमा १६ समूहमा बाँडिएर खेलाइनेछ ।
यो फरम्याटअनुसार १६ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् । जसमा ३२ टोली नकआउटमा पुग्ने हो । यसअनुसार दुई खेलेपछि हरेक समूहका तेस्रो टोलीहरू क्रूल १६ टोलीहरू भने घर फर्किनेछन् ।
चीन अभागी टोली
चीनियाँ सरकारले विश्वकपमा छनोट गर्न लगानी अर्बौ गरेपनि विश्वकपमा छनोट हुन सकेको छैन । अझ यसपटक ३२ बाट ४८ टोलीसंख्या बनाएको छ । तापनि चीन दुर्भाग्य नै बनेको छ ।
यसपटक एसियाली छनोटमा चीन दोस्रो चरणमा समूह सी मा दोस्रो भएको थियो । यो समूहमा दक्षिण कोरिया पहिलो भएर तेस्रो चरणमा छनोट भएपछि चीनको विश्वकपको सपना सपना नै भयो ।
चीनले १९८२ को विश्वकपदेखि छनोट चरण खेल्दै आएकोमा २००२ विश्वकप खेल्न पाएको थियो । समूह चरणमा टोलीले तीनै खेलमा पराजय बेहोरेको थियो ।











प्रतिक्रिया