थापालाई अहिले नै ससम्मान रिहा नगरे भोलिबाट काठमाडौँ ठप्प पर्ने लिङ्देनको चेतावनी 


काठमाडौँ। 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान नियन्त्रणमुक्त गर्न माग गरेका छन् । अन्यथा भोलिबाट काठमाडौँ ठप्प पार्ने उनले चेतावनी दिए ।

आज काठमाडौंमा प्रदर्शनको क्रममा प्रहरीले थापालाई नियन्त्रणमा लिएको थियो  । त्यसपछि प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ससम्मान नियन्त्रण मुक्त गर्न माग गरेका हुन्। 

उनले भने,’ हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौँ । कहाँ रोक्नुहुन्छ तपाईं ?  कमल थापालाई फिर्ता गर्न माग गर्दै लिङ्देनले भने, ‘कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौँ उपत्यका बन्द सुरु हुन्छ ।’

उनले देशभरिबाट साथीभाइहरूलाई बोलाउने र  खास लडाइँ भोलिबाट सुरु हुने बताए।