डोटी।
डोटीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइते मध्ये थप १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
डोटीको बोगटानबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र. ०१ ००१ ज १४६४ नम्बरको बोलेरो जीप केआईसिंह गाउँपालिका–५ केदार गाउँ नजिकै दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडा बस्ने ४२ वर्षीय मीनबहादुर बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
दुर्घटनामा परी घाईते भएका उनको उपचारका लागि दिपायल पिपल्ला स्थित शैलेश्वरी अस्पताल दिपायल पु¥याइएको भएपनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलले जानकारी दिए ।
यसैगरी बोगटान फुड्सिल गाउँपालिका ६ गगुडाकै अन्दाजी ५० वर्षीया चनादेवी चन्द पनि गम्भीर घाइते भएको र उनको दुवै खुट्टा र कम्मरमा चोट रहेकोे प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी जीप चालक कैलालीको धनगढी उपमहानगरपालिका १८ फूलबारी बस्ने अन्दाजी २४ वर्षीय हरिचन्द्र चौधरी, बोगटान फुड्सिल गाउँपालिका–६ गगुडा बस्ने ४० वर्षीय महेश्वरादेवी चन्द र ४२ वर्षीया बिर्मादेवी चन्द, सोही गाउँपालिका–२ चाल्सा बस्ने १९ वर्षीय धनबहादुर बम, केआईसिंह गाउँपालिका–४ वायल बस्ने ४७ वर्षीय नरेशप्रसाद जोशी, डडेल्धुराको गन्यापधुरा–३ सकायल बस्ने २३ वर्षीया राधिका देउवा र निजकी छोरी २ वर्षीया रियान्सा देउवा घाइते भएका छन् ।
घाइतेहरुको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । जीप मोडमा अनियन्त्रित भई सडकबाट परि एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।











प्रतिक्रिया