मेष : समय अनुकूल देखिँदैन । परिवार, इष्टमित्रमा विवाद, निरर्थक दौडधूप, लखतरान हुन सक्छ ।
वृष : दिन शुभ फलदायक छ । पैसा प्राप्ति, जागिर, पढाइ, व्यापारमा सफलता, सम्मान बढ्नेछ ।
मिथुन : तपाईंका लागि दिन शुभ छ । धन लाभ, सुख–सन्तोष, पराक्रम, मानसिक प्रसन्नता होला ।
कर्कट : दिन शुभ भएकाले उपहारादि वस्तु प्राप्ति, आफ्नो बोली बिक्ने, कार्य सफल हुने देखिन्छ ।
सिंह : समय अनुकूल नभएकाले सजग रहनुस् । विवाद, धन हानि, दुर्घटनाको सम्भावना देखिन्छ ।
कन्या : तपाईंका लागि दिन उत्तम छ । साथीभाइबाट सहयोग, मिष्ठान्न भोजन प्राप्ति होला ।
तुला : दिन अनुकूल भएकाले कोसेली–उपहारादि वस्तु प्राप्ति, कामकाज सफल, स्फूर्ति जाग्ने देखिन्छ ।
वृश्चिक : तपाईंका लागि दिन शुभ छ । प्रतिष्ठा, राज्यबाट लाभ, पढाइ वा परीक्षामा सफलता होला ।
धनु : समय अनुकूल देखिँदैन । रोगको भय, काममा बाधा, आर्थिक नोक्सानी, कष्ट हुने सम्भावना छ ।
मकर : तपाईंका लागि समय अनुकूल छ । धन लाभ, मान–सम्मान, बाहन–लाभको सम्भावना देखिन्छ ।
कुम्भ : समय अनुकूल भएकाले आर्थिक लाभ हुने, प्रतिस्पर्धी वा शत्रुमाथि विजय हासिल हुनेछ ।
मीन : दिन बलवान् छ । काममा सफलता, स्वस्थताको महसुस, आम्दानीको सम्भावना प्रबल छ ।











प्रतिक्रिया