काठमाडौँ।
प्रवक्ता नविन मानन्धरले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनसँग माफीनमाग्ने बताएका छन्। आफूले केही पनि गलत नबोलेकाले माफी माग्ने कुरै नआउने उनले बताएका छन्। एक टेलिभिजन अन्तरवार्तामा दिएको अभिव्यक्तिलाई लिएर बालेनले मानन्धरलाई सात दिनभित्र माफी माग्न भन्दै गत साता लिखित पत्र दिएका थिए ।
मेयर साहको निर्देशनमा सचिवालय निमित्त प्रमुख शान्ता पहाडीद्वारा हस्ताक्षरित स्पष्टीकरणपत्रमा कामपाका मेयर साहको व्यक्तिगत चरित्रमाथि समेत निराधार भ्रामक खेदजनक अभिव्यक्ति दिएको उल्लेख छ ।
मानन्धरले प्रमुख शाहले काट्नु पर्ने पत्र सचिवालयका कर्मचारीको हस्ताक्षर भएको पत्र औचित्य नहुने बताए। उनले आफ्नो पार्टी निकट सदस्यहरु,कानुन ब्यबसायीहरुसँग छलफल गरेको र अदालत जाने निर्णय गरेको बताए ।
यसअघि महानगरका विभिन्न विभागहरूमा बालेनले गरेको हेरफेर पनि गैरकानूनी भएको उनले बताए । ‘कार्यपालिका बैठक नबसिकन यस्तो गर्न पाइँदैन । हामी अब बस्ने कार्यपालिकामा हिसाबकिताब माग्नेछौं ।’
मेयर बालेन्द्र साहले प्रवक्ता नवीन मानन्धरलाई लिखित माफी माग्नका लागि दिएको समय सीमा आज सकिँदै छ ।

‘











प्रतिक्रिया