धुलिखेल, काभ्रे
प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ट्रमा एन्ड इमर्जेन्सी सेन्टर भवनको शिलान्यास गरेका छन् । नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारी अनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो ।

महाविपत्तिहरुमा नागरिकहरुको ज्यान बचाउन महत्त्वपूर्ण भूमिका खेलेको धुलिखेल अस्पतालले जलवायु अनुकुलन विपत्ति तथा अन्य महामारीहरु तथा दुर्घटना लगायतबाट नागरिकहरुलाई परेको स्वास्थ्य संकटमा निर्धक्क भएर उपचार सेवा प्रदान गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । धुलिखेल अस्पताल र काठमाडौ विश्वविद्यालय बीचको असमझदारीले आफ्नै पहलमा समझदारी गराएको स्मरण गराउँदै दुई ठुला संस्थाको सम्वन्धको सुधारले नागरिकहरुलाई सहज हुने प्रधानमन्त्री ओलीले बताए । काठमाठौ विश्वविद्यालय र धुलिखेल अस्पताल बीचको सम्वन्ध कटुतापूर्ण हुँदा दुबै संस्थाको भविश्य जोखिममा परेको भन्दै चिन्तित भएको समयमा प्रधानमन्त्री ओलीले दुबै संस्थाका संस्थापकहरु र सहयोगीहरुलाई सम्वन्ध सुधार्न गरेको पहलमा साथ दिएकोमा धन्यवाद दिए ।
धुलिखेल अस्पतालले नयाँ इतिहास रचेको बताउँदै निरोगी नेपाल र नेपालीको अभियानमा साथ दिन अनुरोध गरे । जापान सरकार भरपर्दाे मित्र र साझेदार भएकाले अन्तराष्ट्रिय सहयोगले नेपाल र नेपालीको हौसला बढेको बताउँदै धुलिखेल अस्पतालले केहि नभएको ठाउँमा भएको र भएको ठाउँबाट विशाल सम्भावना बनाएको उदाहरण प्रधानमन्त्री ओलीले प्रस्तुत गरे । उनले स्थानीयहरुलाई भिजन भएका ब्यक्तिहरुलाई जमिन र अन्य सहयोग तथा साथ दिएर सफल बनाएकोमा धन्यवाद समेत ब्यक्त गरे । ब्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेहरुलाई धुलिखेल र काभ्रे हेरेर सिक्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीले आशावादीमा जीवन जिउन अनुरोध गरे ।

शिलान्यास कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बजेट मार्फत नागरिकहरुलाई स्वास्थ्यमैत्री कार्यक्रम ल्याउने बताए । साथै धुलिखेल अस्पताल देशकै नमुना संस्था भएकाले यसले देशभर संञ्जाल विस्तारका लागि समन्वय गर्न अनुरोध गरे । कार्यक्रममा संघीय सांसद् गोकुुलप्रसाद बाँस्कोटा, काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युत वाग्ले, जापानका तामुरा टाकाहिरो, मिजुकी मातासुजुकी, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, अस्पतालका हाडजोर्नी विभागका प्रमुख डा.दिपक श्रेष्ठ लगायतले धुलिखेल अस्पताल र ट्रमा तथा इमरजेन्सी अस्पतालका बारेमा धारणा राखेका थिए ।
अस्पतालमा ट्रमा एन्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान)को सुधार परियोजनाका लागि जापान सरकारले थप तीन अर्ब दुुई करोड ९६ लाख यान अनुदान दिनेछ । सगरमाथा संवादका क्रममा जापानका परराष्ट्र उपमन्त्री इक्युुना आकिकोको नेपालमा भ्रमणका क्रममा उक्त सम्झौतामा दुुईपक्षीय हस्ताक्षर भएको थियो । जेठ २ गते अर्थ मन्त्रालयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इकुइना अकिकोबीच उक्त अनुदान सहायता सम्झौतामा हस्ताक्षर भएको थियो । आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट तीन अर्ब दुई करोड ९६ करोड यानको अनुदान सहयोगमा सन् २०२३ मा हस्ताक्षर भइसके पनि मूल्यवृद्धि र अन्य कारणले आर्थिक अभाव भए पछि थप अनुदान उपलब्ध गराइएको हो ।

निर्माण सम्झौतामा जापान सरकारले ६० प्रतिशत भवनमा र सबै प्रकारका मेडिकल उपकरणका लागि ४० प्रतिशत सहयोग गर्ने उल्लेख छ । सेन्टरमा पार्किङ, आइसियुु, ३ वटा अप्रेसन थिएटर, एचडियुु, ल्याब, फार्मेसी, फोहोर व्यवस्थापनलगायत आवश्यक सबै सेवाहरु उपलब्ध हुने छ । यस्तै सेन्टर सञ्चालनका लागि ३ तला बेसमेन्टसहित ५ तलाको भवन निर्माण हुने आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) प्रतिवेदनमा उल्लेख छ ।











प्रतिक्रिया