अन्डोरा
फ्रांस र स्पेनको बीचमा पाइरेनीज पहाडमा अवस्थित देश हो अन्डोरा । यो सानो र पहाडी देशमा ठूलो संख्यामा पर्यटक घुम्न र शपिङका लागि लागि आउने गर्छन् । तर, यहाँ कुनै एयरपोर्ट नभएकोले यस देशमा घुम्नका लागि स्पेन वा फ्रान्स पुग्नु पर्छ । ती देशमध्ये एक एयरपोर्टमा अवतरण गरेर त्यसपछि गाडीमार्फत् अन्डोरा पुग्नुपर्ने स्थिति छ । अन्डोरा स्कीइंग र स्नोबोर्डिंगका लागि प्रसिद्ध छ ।
मोनाको
मोनाको फ्रेन्च रिभेरामास्थित एक सानो स्वतन्त्र राज्य हो । यहाँ पनि एयरपोर्ट नभएकोले फ्रान्सबाटै त्यहाँ पुग्नुपर्छ । फ्रान्समा पुगेपछि गाडी वा हेलिकोप्टरमार्फत् मोनाकोको यात्रा गर्नु पर्नेछ । कतिपय पर्यटकहरू महँगो रकममा हेलिकोप्टर चढेर मोनाको रमणीय दृश्यको लाभ उठाउने गर्छन् ।
लिकटेंस्टीन
यो देश स्विट्जरलैंड र अस्ट्रियाको बीचमा अवस्थित छ । केवल १६० वर्ग किलोमीटरमा फैलिएको यो देशमा पनि कुनै एयरपोर्ट छैन । तर, जुरिच एयरपोर्टबाट यहाँ पुग्ने पर्यटकको संख्या वर्षेनि बढिरहेको बताइएको छ ।
सान मारिनो
सान मारिनोलाई इटालीले घेरिएको छ । यो देश फुटबल टिमको कारण परिचित छ । सान मारिनोमा पनि एयरपोर्ट नभएको हुँदा पर्यटकको लागि पहिले इटाली पुग्नु पर्ने हुन्छ ।
भ्याटिकन सिटी
युरोप महाद्विपमा स्थित भ्याटिकन सिटी पनि एअरपोर्ट नभएको देशमा पर्छ । त्यहाँ एअरपोर्ट बनाउन पनि मिल्दैन । किनभने यो देशको आकार नै सानो छ र धावन मार्ग अटाउन सकिँदैन । यसको क्षेत्रफल ०.४४ वर्ग किलोमिटर रहेको छ । यहाँ पुग्न सबैभन्दा नजिकको विमानस्थल इटालीको रोम सियाम्पिनो विमानस्थल हो । त्यससपछि गाडी वा बसमार्फत् त्यहाँ पुग्न सकिन्छ ।
-स्रोत एजेन्सी











प्रतिक्रिया